Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
अब टुँडिखेल बृहत बन्ने, सरकारले अघि सार्‍यो यस्तो योजना – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

अब टुँडिखेल बृहत बन्ने, सरकारले अघि सार्‍यो यस्तो योजना

फाइल फोटो

काठमाडौंको मुख्य भागमा अवस्थित टुँडिखेलको संरक्षण र विकासका लागि सरकारले ‘बृहत्तर टुँडिखेल गुरुयोजना’ अघि सारेको छ।

सरकारको अहिलेको योजनाअनुसार काम भएमा अहिलेको टुँडिखेल क्षेत्र बृहत् हराभरा र अन्तर्राष्ट्रियस्तरमा नै चिनाउन लायक बन्नेछ।

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंको रानीपोखरी, टुँडिखेल, रंगशालालगायत क्षेत्रलाई समेटेर बृहत् गुरुयोजनाको कार्य अघि सारेको हो।

प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले रानीपोखरी, रत्नपार्क, खुल्लामञ्च, टुँडिखेल, शहीदगेट, दशरथ रंगशाला, भृकुटी मण्डपलगायत भागलाई समावेश गरी बृहत् गुरुयोजना बनाइरहेको जानकारी दिए । ‘यसबारेमा सम्बन्धित पक्षसँग परामर्श जारी छ, सबै पक्षबीच सहमति जुटेपछि यसलाई अन्तिम रूप दिनेछौं’, उनले भने। यो समाचार राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।





Comments

comments

33706