काठमाडौंकै सडक ४ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

फाइल फोटो

संघीय राजधानी काठमाडौंकै सडकखण्ड ठेक्का सम्झौता भएको चार वर्षमा ६ किलोमिटर मात्र कालोपत्रे भएको छ।

चावहिल–साँखु सडकखण्डमा निर्माण कम्पनी र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको ढिलासुस्तीले चार वर्षमा पनि कालोपत्रे सम्पन्न हुन सकेको छैन।

त्यस खण्डको कालोपत्रे सम्पन्न गर्न दबाब दिन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई वर्षको अवधिमा दुई भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई लिएर अवलोकन गरिसकेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिकमन्त्री रघुवीर महासेठको स्थानमा केही महिनाअघि वसन्त नेम्वाङलाई नियुक्त गरेका छन्। नेम्वाङले त्यस क्षेत्रको अवलोकन गर्दै चाँडो काम सक्न निर्देशनसमेत दिएका थिए। यो समाचार राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

33755