नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकाबाट दुई हप्तादेखि चिनियाँ सामान आयात शून्य भएको छ।
तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीका अनुसार चीनमा फैलिएको कोरोना भाइरसको त्रास र चिनियाँ ल्होसारका कारण चीनबाट आयात ठप्प भएको हो।
चिनियाँको महत्त्वपूर्ण पर्व ल्होसार र कोरोना सङ्क्रमण फैलने डरले दुई देशबीच व्यापारिक कारोबार हुन सकेको छैन। दुई हप्तादेखि चिनियाँलाई नेपाल प्रवेश र नेपालीलाई चिनियाँ भूभागमा जान दिइएको छैन।
दुवै देशको आवतजावतमा रोक लगाइएपछि चीनबाट नेपालमा सामान आयात भएको छैन। गत जेठ १५ गतेबाट तातोपानी नाका सुचारु भए पनि हालसम्म नेपालबाट चीनमा निर्यात भएको छैन। यो समाचार गोरखापत्र दैनिकमा चित्र मिजारले लेखेका छन्।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)