Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आम आदमी पार्टीका नेतासंग आइडिया लिंदै बाबुराम भट्टराई

नयाँ दिल्ली, फागनु १९ – पूर्वप्रधानमन्त्री तथा एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवालसंग भेट गरेका छन्।

भारत भ्रमणमा रहेका भट्टराई र केजरीवालबीच वैकल्पिक राजनीतिको बारेमा छलफल भएको भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जनाएका छन्। दुई नेताबीच नयाँ शक्तिको अनुभवका बारेमा र विचार आदान–प्रदान भएको जनाइएको छ।

आम आदमी पार्टी (आप) ले हालै सम्पन्न दिल्ली विधानसभामा चमत्कारिक विजय हासिल गरेको थियो। विधानसभाका ७० मध्ये आपले ६७ सिट जितेर केजरीवाल दोस्रो पटक दिल्लीको मुख्यमन्त्री बनेका थिए। नयाँ शक्तिका रूपमा उदयीमान आप पार्टीसंग त्यहाँका जनताले निकै ठूलो आशा लिएका छन्।





Comments

comments

3413