Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तमू खेलाडीहरूलाई कतारमा सम्मान

बिल गुरूङ / एचकेनेपाल डट कम –
दोहा, कतार । तमू (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमू खेलकुद समिति कतारले “खेलकुदले स्वस्थ्य शरीर दिन्छ, स्वस्थ्य शरीरले स्वस्थ्य सोंच दिन्छ र स्वस्थ्य सोंचले स्वस्थ्य समाज” भन्ने मुल नाराका साथ बिशेष कार्यक्रमको आयोजना गरि खेलाडी सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको समाचार छ। गत फरवरी २६ तारिख बिहीवारका दिन सनैयामा आयोजित उक्त कार्यक्रममा भलिबल खेलाडीहरुलाई सम्मानपत्र वितरण गरिएको थियो भने खेलाडीहरुको सम्मानमा रात्रिभोजको समेत आयोजना गरिएको थियो।

तमू खेलकुद समितिका अध्यक्ष सुर्य तमूको सभापतित्व र तमू समाजका संरक्षक बिलबहादुर तमूको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम सम्पन्न भएको छ । समितिका सचिव पुर्ण तमूले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष भविराज तमूले मन्तब्य मार्फत खेलाडी लगायत समाजका केन्द्रिय तथा शाखा समितका पदाधिकारीहरु सबैलाई स्वागत गरेका थिए । तमू समाजका अध्यक्ष कृष्ण तमू, संस्थापक अध्यक्ष तथा सल्लाहकार राम तमू, सल्लाहकारहरु क्रमशः बुधबल तमू, बुद्ध तमू, मदन तमू र आ“शु तमू, केन्द्रिय समितिका प्रथम उपाध्यक्ष खेम तमू, तृत्तीय उपाध्यक्ष भाईकाजि तमू, महासचिव खुशीमान तमू, कोषाध्यक्ष पमबहादुर तमू, सहकोषाध्यक्ष धनबहादुर तमू सहित शाखा समितिहरुबाट तमू प्ये ता“ ल्हु ता“ समितिका अध्यक्ष रस (शिव) तमू, तमू सांस्कृतिक परिवारका सचिव हितमान घले तमू, पुर्वाञ्चल सम्पर्क समितिका संयोजक हरीकाजि तमू, पश्चिमाञ्चल सम्पर्क समितिका सचिव ओमराज तमू लगायत नेपाली राष्ट्रिय भलिबल टिमका पुर्व खेलाडी नरजङ तमू र राष्ट्रिय रेफ्रि तथा पश्चिमाञ्चलका क्षेत्रीय भलिबल खेलाडी मोहन तमूको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा कतारमा कार्यरत भलिबल खेलाडी दाजुभाईहरुको सहभागिता रहेको थियो।

सम्मान तथा परिचयात्मक कार्यक्रमः
दुई हप्ता लगाएर गत फरवरी २० तारिखका दिन सम्पन्न खुल्ला भलिबल प्रतियोगितामा २४ टिमलाई पछि पार्दै तमू खेलकुद समिति कतारका खेलाडी टिमले प्रथम स्थान ओगटन सफल भएको खुशीयालीमा रात्रीभोज सहित खेलाडी सम्मान कार्यक्रम राखेको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा समाजका संरक्षक बिलबहादुर तमूले सबै अफिसियल तथा खेलाडीहरुलाई सम्मानपत्र प्रदान गरेका थिए भने अध्यक्ष सुर्य तमूले खता लगाई सम्मान गरेका थिए । प्रथम स्थान ओगटेको तमू खेलाडी टिमले कतारी रियल १ हजार ५ सय पुरस्कार स्वरुप पाएको थियो भने तमू समाज कै खेलाडी गमप्रसाद तमू प्रतियोगिता कै सर्बोत्कृष्ट खेलाडी घोषित भएका थिए।

भलिबल खेलको माध्यमबाट कतारमा तमू समाजको प्रतिष्ठा उच्च बनाउन सफल भएकोमा सबै खेलाडीहरुलाई बधाई ज्ञापन सहित यस्तो सफलताको मुक्त कण्ठले प्रशंसा गरिएको थियो । आगामी दिनमा अरु सफलता पाउने कुरामा एक खालको भरोसा र बिश्वास पनि ब्यक्त गरियो । उक्त भरोसा र बिश्वासको आधार भनेको भर्खर कतारमा आएका नेपालका राष्ट्रिय भलिबल टिमका पुर्व खेलाडी नरजङ तमू र राष्ट्रिय रेफ्रि तथा पश्चिमाञ्चल क्षत्रीय खेलाडी मोहन तमूको साथ र सहयोग हो । यो प्रतियोगितामा सफलता पाउनुमा वहा“हरुको ठूलो योगदान रहेको छ।

तमू समुदाय कै सदस्यहरु राष्ट्रिय स्तरका खेलाडी तथा रेफ्रि भएकोमा खुशी ब्यक्त गरियो र वहा“हरुलाई समाजमा हार्दिकताका साथ स्वागत गर्दै सम्मान पनि गरियो । नरजङ तमू र मोहन तमू द्वयले पनि आफनो बचेको समय समाजलाई दिन पाउनु खुशीको कुरा भएको बिचार ब्यक्त गरेका थिए । हामी सबैको एकताले नै यो सफलता प्राप्त भएको हुदा आगामी दिनमा पनि यहि एकताको मन्त्र आत्मसाथ गर्न सबै खेलाडीहरुलाई सुझाव दिएका थिए।

खेलाडी सम्मान तथा परिचयात्मक कार्यक्रममा खेलाडीहरुको तर्फबाट टिम क्याप्टेन गौरब तमू, प्रशिक्षकहरुको तर्फबाट मोहन तमू र नरजङ तमू, समाजका अध्यक्ष कृष्ण तमू र संरक्षक बिलबहादुर तमूले खेलाडीहरुलाई बधाई तथा आउने दिनमा पनि सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको अन्तमा सभापति सुर्य तमूले खेलकुद समिति र खेलाडीलाईलाई दिईएको सम्मान लगायत साथ र सहयोगको लागि केन्द्रिय समिति, शाखा समिति र सबै शुभचिन्तकहरुलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए।





Comments

comments

4789