Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
अमेरिकामा नेपालीको सही तथ्याङ्क संकलन गरिदै – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

अमेरिकामा नेपालीको सही तथ्याङ्क संकलन गरिदै

जनगणना

नातिबाबु भट्ट –

फेब्रुवरी २५, कोलोराडो, अमेरीका। आगामी मार्च दोश्रो साताबाट सुरु हुन लागेको अमेरिकी जनगणनामा नेपालीहरूको सही तथ्याङ्क संकलन गर्न सहयोग गर्ने उदेश्यले एनआरएन कोलोराडो च्याप्टरले एक समिति गठन गरेको छ।

नेपाली समुदायमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यको साथ बिभिन्न संघ संस्था तथा क्षेत्रको प्रतिनिधित्व हूने गरी उपाध्यक्ष रामचन्द्र पन्तको संयोजकत्वमा २५ सदस्यीय समिति गठन गरिएको च्याप्टर सचिव नवराज न्यौपानेले बताएका छन्। कोलोराडेमा बसोबास गर्ने सबै समुदाय, क्षेत्र, र संघ संस्थाका प्रतिनित्व हुने गरी गठन गरिएको समितिमा आवश्यक संख्या थप्दै जान सकिने बताइएको छ।

अमेरिकामा नेपालीको संख्या तीन लाखमाथि पुगि सकेको बताइए पनि आधिकारिक तथ्यांक न्यून छ। त्यसैले प्राय सबै सरकारी कागजातमा नेपालीले एसियाली वा भारतीय एसियाली मूलबाट आफ्नो पहिचान खुलाउन बाध्य हुन परेको छ। जनगणना मार्फत नेपालीको सही तथ्यांक आएमा सरकारी पहिचान नै फरक पर्न सक्नेछ। त्यसैले सबै कोलोराडोबासी नेपालीलाई आफ्नो मातृभाषा खुलाएर जनगणनामा भाग लिन एनआरएन कोलोराडो च्याप्टरले सबैलाई अपील गरेका छ।

एनआरएन कोलोराडो च्याप्टरले यसपालीको जनगणनामा कोही पनि नेपाली नछुटुन् भन्ने उद्देश्यले चेतना बढाउने निर्णय गरी समिति गठन गरेको जनाएको छ।

च्याप्टर उपाध्यक्ष रामचन्द्र (आरसी)पन्त संयोजकत्वमा गठित समितिका सदस्यहरूमा नवराज न्यौपाने, प्रकाश पौडेल, दीपक सूनूवार, माधवप्रसाद शिवाकोटी, किरण अधिकारी, टिका पौडेल, प्रमोद भण्डारी, शंकर गुरुङ, यमुना केसी, दिलकुमारी श्रेष्ठ, सम्झना आचार्य, प्रेमकाजी श्रेष्ठ, गणेशराज पौडेल, नन्दलाल न्यौपाने, हरीश खत्री, सुमन केसी, पदमराज तामाङ, चीरन्जीवी रेग्मी, अमृता आचार्य, विजय बराल, लाल चैलागाई, सन्जयसिंह केसी, धुर्व पौडेल र चन्द्रकान्त अधिकारी रहेका छन्।





Comments

comments

34175