कोरोनाभाइरसका कारण कोरिया र जापानका पर्यटकको बुकिङ रद्द

फाइल फोटो

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण चिनियाँसँगै अन्य मुलुकका पर्यटक आगमनमा पनि असर पर्न थालेको छ।

नेपाल आउन चाहेका चिनियाँ पाहुनाको बुकिङ करिब शतप्रतिशत रद्द भइसकेको छ भने जापान, कोरियालगायत मुलुकका पर्यटकले पनि धमाधम बुकिङ रद्द गर्त थालेका छन्।

कोरिया, जापानलगायत मुलुकका पर्यटकको बुकिङ पनि रद्द भइरहेको पर्यटन व्यवसायीले बताएका छन् । फेब्रअरीदेखि सुरु हुने पर्यटकीय सिजनमा यो बेला चिनियाँसँगै, जापान, कोरियासहित युरोपियन मुलुकबाट पनि पर्यटक आउँथे।

तर कोरिया, जापानलगायत मुलुकका पर्यटकले बुकिङ रद्द गरिसकेको व्यवसायीले बताए।

युरोपियन मुलुकका केही पर्यटकको बुकिङ अझैसम्म रहिरहे पनि भाइरस संक्रमण कम नभए ती मुलुकका पाहुनाको बुकिङ पनि रद्द हुनसक्ने चिन्ता व्यवसायीको छ। यो समाचार नागरिक दैनिकमा सन्तोष पोखरेलले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

34199