मार्च ७ देखि नेपालले ‘अन अराइभल’ भिसा नदिने…!

कोरोना त्रास

सरकारले फागुन २४ गते (मार्च ७) देखि सम्पूर्ण मुलुकका लागि ‘अन अराइभल’ भिसामा रोक लगाएको छ।

कोरोना भाइरसको प्रकोपलाई दृष्टिगत गर्दै सरकारले उक्त भिसामा रोक लगाएको हो । नेपालले १३ मुलुकका नागरिकलाई त्रिभुवन विमानस्थलबाट अन अराइभल भिसा उपलब्ध गराउँदै आएको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको आइतवार बसेको बैठकले नेपाल आउने सबै विदेशीले निरोगिताको प्रमाणपत्र देखाउनुपर्ने निर्णय पनि गरेको छ।

साथै नेपाल भ्रमण वर्ष २०२० पनि स्थगित गर्ने सरकारको तयारी छ। आइतवार बसेको मन्त्रिपरिषद्को बैठकमा भ्रमण वर्ष स्थगित गर्ने बारेमा छलफल भएको थियो।

त्यस्तै, सरकारले नेपाली नागरिकलाई चीन, जापान, दक्षिण कोरिया, इरान तथा इटालीलगायत कोरोना प्रभावित मुलुकको भ्रमणमा रोक लगाउने भएको छ । साथै संक्रमण फैलिएका मुलुकमा अनावश्यक यात्रा नगर्न पनि नेपालीलाई आग्रह गरेको छ। यो समाचार आर्थिक अभियान दैनिकमा टीपी भुसालले लेखेका छन्।
[table “” not found /]

[table “” not found /]





Comments

comments

34251