विकासका लागि सरकारका ‘गेम चेन्जर’ लक्ष्य, १८ योजनामा २५ खर्ब लगानी

फाइल फोटो

सरकारले विभिन्न १८ वटा रुपान्तरणकारी (गेम चेन्जर) आयोजनासहित १५ औं योजना स्वीकृत गरेको छ।

ती आयोजनामा २५ खर्ब लगानी गरिनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको राष्ट्रिय योजना आयोगको बैठकले विभिन्न रुपान्तरणकारी आयोजना स्वीकृत गरेको हो।

मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले आयोगको बैठक राखेर ती आयोजना स्वीकृत गराएका हुन्।

यस्ता आयोजनामा लगानी, प्रवद्र्धन, उच्च रोजगारी सिर्जना, व्यापार सन्तुलन, भौतिक पूर्वाधार, जनविद्युत्, पर्यटन र गरिबी तथा असमानता न्यूनीकरणलगायत महत्त्पूर्ण कार्यक्रम छन् । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन्।





Comments

comments

34269