Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रचण्डलाई राष्ट्रपति बन्ने ढोका खुल्यो

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचित हुने अवस्था आएपछि आफ्नो पार्टीका लागि राष्ट्रपति दाबी गर्न ढोका खुलेको बताएका छन्।

एमाओवादी संसदीय दलको शनिबार साँझ सिंहदरबारमा बसेको बैठकमा उनले कांग्रेसले सहमतीय राजनीति तोडेका कारण राष्ट्रपतिमा दाबी गर्न आफ्नो पार्टीका लागि ढोका खुलेको जानकारी गराएका हुन्।

कांग्रेसले पहिले भएको सहमति उल्लंघन गरी कोइरालालाई उम्मेदवार बनाएपछि आफूहरूले ओलीलाई राजनीतिक इमानदारी प्रदर्शन गर्न पनि समर्थन गर्नुपरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। व्यवस्थापिका संसद्मा आइतबार हुने प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली प्रतिस्पर्धी छन्। ओलीको प्रस्तावकमा दाहाल स्वयं छन्।





Comments

comments

3433