Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

विदेश गएका श्रीमानलाई धोका दिएर अर्कैसंग हिडेपछि

इलाम, ११ पुष। विवाहलाई ‘पवित्र नाता’ मानिन्छ। यो नाता धेरैका लागि फलिफाप सिद्ध भए पनि केहीलाई नबिर्सने घाउ बन्दैछ। विवाहेत्तर सम्बन्ध (एक्स्ट्रा म्यारिटल अफेयर्स) ले दाम्पत्य टुक्रिने र धरापमा पर्ने क्रम बढेको छ।

नायव सुब्बास्तरका एक कर्मचारी र आठ वर्षीया छोरीकी आमाबीच कायम भएको ‘मौसमी माया’ छताछुल्ल हुँदा इलाममा विवाहेत्तर सम्बन्धले फेरि चर्चा पाउँदैछ। दुई छोराका बुवा ती कर्मचारी र अर्कैकी श्रीमतीबीच लुकीछिपी चलेको माया समाजले भेउ पाउँदा उनीहरुले जिल्ला प्रहरी कार्यालयसम्मै धाउनुपरेको छ।

श्रीमान वैदेशिक रोजगारीमा गएपछि छोरीसँग बस्ने महिलाप्रति गाविस सचिव रहेका ती कर्मचारीको ‘आशक्ति’ देखेर प्रहरी कार्यालयका कर्मचारी नै अनौठो मान्दैछन्। ‘उनले अर्काकी श्रीमतीलाई पठाएका एसएमएस माया र अश्लीलताले भरिएका थिए, पढ्नै अप्ठ्यारो लाग्ने,’ प्रहरी स्रोतले नागरिकलाई भन्यो, ‘श्रीमान विदेश हुँदा महिलाले पनि ती कर्मचारीलाई भरपूर साथ दिएको भेटियो, जुन हुनु हुँदैनथ्यो।’

उज्यालो नहुँदै छोरीसहित महिलाले डेरा छाडिन्। श्रीमान परिवार हराउँदा रनभुल्ल। तिल्केनी पुगेर अरुकै मोबाइलबाट श्रीमतीले ‘म फलानो (कर्मचारी) सँग गएँ’ भन्दै फोन गरेपछि उनी झनै चकित।

‘यस्ता घटना महिनामा ६ वटासम्म आउँछन्, धेरैजसो मिलेमतोमै टुंगिन्छन्,’ महिला सेलकी असई कृष्णकुमारी अधिकारीले सुनाइन्, ‘श्रीमान वैदेशिक रोजगारीमा गएपछि तिनका श्रीमती मौसमी मायाजालमा परेको देखिन्छ।’ लामो समय एक्लै बस्दा भोग्नुपर्ने मानसिक असर र शारीरिक सुखको अतृप्ति ‘मौसमी माया’ बढ्ने कारण रहेको उनी बताउँछिन्।

विवाहेत्तर सम्बन्धकै कारण धेरैको दाम्पत्य टुक्रिसकेको छ। त्यत्तिकै संख्यामा धरापमा परिरहेको समाचार नागरिक दैनिकमा छापिएको छ।





Comments

comments

3448