नेपालमा कोरोना नियन्त्रण गर्न चीनले सघाउने…

राजदूत यान्छी

नेपालमा कोरोनाको समस्या भए नियन्त्रणका लागि चीनले पूरा सहयोग गर्ने जनाएको छ।

मङ्गलबार कोरोनको संक्रमण, नियन्त्रण र पूर्वतयारीका विषयमा संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्री योगेश भट्टराईसँगको भेटका क्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि अपनाएका सबै खालका प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन तयार रहेको बताएकी हुन्।

त्यस्तै, उनले कोरोना भाइरसको संक्रमणबाट बच्न नेपालले अपनाएको पूर्वशतर्कता र तयारीको प्रशंसासमेत गरिन्।

भेटमा मन्त्री भट्टराईले कोरोनाको बढ्दो संक्रमण रोकथामका लागि नेपालले सबै तयारी गरिरहेका जानकारी दिए।

राजदूत यान्छीले कोरोना भाइरसबाट संक्रमित ८० हजार नौ सय बिरामी मध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको जानकारी भेटमा दिएकी थिइन्। गोरखापत्र दैनिकमा समाचार छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

34517