गौतमबुद्ध विमानस्थल २०२१ मा सञ्चालनमा आउने

गौतमबुद्ध विमानस्थल

कोरोना भाइरस (कोभिड–१९) का कारण गौतमबुद्ध विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ।

भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगे पनि उपकरण जडानलगायत काममा अवरोध पुगेकाले विमानस्थल सञ्चालनमा ढिलाइ हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका अनुसार विमानस्थलको भौतिक संरचनाको निर्माण करीब ८५ प्रतिशत सकिएको छ। तर, प्राविधिक कामअन्तर्गत उपकरण जडानको काम बाँकी छ।

त्यसैले यो सञ्चालनमा आउन करीब ६ महिना लाग्ने र व्यावसायिक रूपमा सञ्चालनमा आउन झन्डै १ वर्ष लाग्ने देखिन्छ । भौतिक संरचना तयार भइसक्दा पनि कोरोनाको प्रभावले उपकरण जडानलगायत काम प्रभावित हुने भएकाले गौतमबुद्ध विमानस्थलको सञ्चालन मिति केही लम्बिने प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले बताए।

‘भौतिक संरचनामा समस्या छैन । तर, आवश्यक उपकरण चीनबाट ल्याउनुपर्ने छ। जुन काम कारोनाको कारण ढिला हुने देखिन्छ। यसले समग्र परियोजनालाई असर गर्छ,’ उनले भने।

विमानस्थल सञ्चालनमा आउन केही महीना ढिला भए पनि समग्र परियोजना ‘कन्ट्रोल’ भन्दा बाहिर भने नभएको उनले बताए । सबै काम सकेर विमानस्थल सञ्चालनमा आउन सन् २०२१ कुर्नुपर्नेे उनले बताए। समय लाग्न सक्छ।’ यो समाचार आर्थिक अभियान दैनिकमा टीपी भुसालले लेखेका छन्।





Comments

comments

34562