Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
कालापानी क्षेत्रका विदेशी सेना हटाउने प्रस्ताव – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

कालापानी क्षेत्रका विदेशी सेना हटाउने प्रस्ताव

फाइल फोटो

नेपाली भूमि कालापानी क्षेत्र (लिम्पियाधुरा र लिपुलेक) मा रहेका विदेशी सेना हटाउनेसम्बन्धी संकल्प प्रस्ताव पेस गर्ने कार्यसूची प्रतिनिधिसभाले हताएकामा नेकपाका सांसदले आपत्ति जनाएका छन्।

संघीय संसद् सचिवालयले बिहीबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले प्रतिनिधिसभा बैठकमा दर्ता गरेको प्रस्ताव पेस हुने अवस्थामा थियो।

तर, अन्तिम समयमा आएर सचिवालयले सो कार्यसूचीमा संसोधन गर्दै त्यो विषयलाई नै हटाइएको थियो । संकल्प प्रस्तावलाई कार्यसूचीबाट हटाइएको यो दोस्रोपटक हो। यो समाचार राजधानी दैनिकमा सविन शर्माले लेखेका छन्।





Comments

comments

34565