Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
कोरोनाका कारण साउदी अरबमा नेपालीलाई आवतजावतमा रोक – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

कोरोनाका कारण साउदी अरबमा नेपालीलाई आवतजावतमा रोक

.

कोरोनाका कारण नेपालका श्रम गन्तव्य सीमित हुँदै छन्। कतारपछि साउदी अरेबिया सरकारले आइतबारदेखि नयाँसहित नेपालमा बिदामा आउने र बिदा मनाएर फर्कने नेपालीलाई रोक लगाएको छ।

आइतबारबाट साउदी अरब सरकारले २ हप्ताका लागि आवतजावतमा रोक लगाएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

श्रम गन्तव्यमा कोरोना संक्रमण बढ्दै गएपछि बिदामा आइ भिसाको म्याद सकिन लागेका नेपाली गन्तव्य मुलुक फर्कन नपाएर रोजगारी नै गुम्ने अवस्थामा पुगेका छन्।

यसैगरी, बिदामा आएकाहरुले पनि श्रम स्वीकृति नवीकरण गर्न सकेका छैनन् । यसैगरी वैदेशिक रोजगार भिसाको म्याद समाप्त हुने अवस्थामा रहेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजीत श्रेष्ठले बताए। यो समाचार कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।





Comments

comments

34621