फेरि ब्युँताउन सम्भव होला काठमाडौं–हेटौंडा रोपवे?

.

बाग्मती प्रदेश सरकारले दुई दशकदेखि बन्द भएको काठमाडौं–हेटौंडा रोपवे फेरि ब्युँताउने प्रयास गरेको छ।

बाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले १८ वर्षदेखि ठप्प रहेको काठमाडौं–हेटौंडा रोपवे फेरि सञ्चालन गर्ने योजना बनाएको छ।

प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले पर्यटन र आर्थिक दृष्टिकोणबाट उपयुक्त देखिएको खण्डमा उक्त रोपवे फेरि सञ्चालन गर्ने योजनामा रहेको बताए।

‘पर्यटकीय र आर्थिक हिसाबले काठमाडौं–हेटौंडा रोपवे सम्भव छ कि छैन भनेर अहिले सम्भाव्यता अध्ययन गरिरहेका छौं,’ मन्त्री फुयालले नागरिकसँग भने, ‘सम्भाव्यता अध्ययनले उपयुक्त देखिए मात्रै रोपवे सञ्चालन गर्ने योजनामा छौं।’ यो समाचार नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

34624