कोरोनाभाइरसः कतारमा दुई हजार नेपाली क्वारेन्टाइनमा…

.

कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन न दिन जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झण्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको छ।

कान्तिपुर दैनिकका अनुसार त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन्। कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औधोगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो।

उनीहरुलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन। क्वारेन्टाइनमा रहेका नेपालीले आफूहरुको स्वास्थ्य सुरक्षाका लागि नै क्वारेन्टाइनमा राखिएको भन्दै खुसी व्यक्त गरेका छन्। क्वारेन्टाइनमा बस्नेमा कोठाभाडामा लिई बसेका नेपालीहरु पनि छन्। त्यसमा धेरैजसो सेल्सम्यानका काम गर्नेहरु छन्।

कतारको सर्वाजनिक स्वस्थ्य मन्त्रालयका अनुसार हालसम्म ३ सय ३७ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ। क्वारेन्टाइनमा राखिएका कामदारहरुमै संक्रमण देखिएको मन्त्रालयको भनाइ छ। संक्रमण देखिएकामध्ये चार जना उपचार सफल भएर क्याम्पमा फर्केका छन्। उनीहरु फिलिपिनो, इरानी र सुडानी नागरिक हुन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

34627