पुरानै लयमा फर्किंदै प्रधानमन्त्री ओली

.

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर शुक्रबार बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको दैनिकी व्यस्त हुन थालेको छ।

शनिबारबाटै उनी छलफलमा सहभागी हुन थालेका थिए । आइतबार उनी अझ सक्रिय देखिए।

आइतबार प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका नेताहरुबीच भएको भिडयो कन्फेरेन्समा सिंहदरबारस्थित एक्सन रुमबाट सम्बोधन गरे।

१९ फागुनमा मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका उनी १२ दिनपछि बालुवाटार फर्केका हुन् । प्रधानमन्त्री ओली शनिवारबाटै छलफलमा सहभागी हुन थालेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘उहाँ पुरानै लयमा फर्कँदै हुनुहुन्छ । नियमित काममा अग्रसर भइरहनुभएको छ,’ थापाले राजधानीसँग भने। यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

34630