बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरूङको परीक्षण सोमवार गरिएको छ।
आयोजनाको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरूङसम्म पानी हालेर परीक्षण गरिएको हो । काठमाडौंतर्फ पानी आउने मुख्य सुरूङको १ किलोमीटर भित्रसम्म प्रतिसेकेन्ड ५०० लीटर पानी पठाएर गरिएको परीक्षण सफल भएको आयोजनाले बताएको छ।
आयोजना निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा त्यहाँ भएका विभिन्न संरचनाको परीक्षण भइरहेको आयोजनाले बताएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले सुरुङ परीक्षण गर्दा कतै पनि समस्या नदेखिएको बताए। ‘अब अन्य अडिटमार्ग पनि हामी परीक्षण गर्छौं,’ उनले भने, ‘हालसम्म आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ।’
आयोजनाको बाँधस्थलदेखि काठमाडौंको सुन्दरीजलसम्म २६ किमी सुरुङ रहेको छ । अब आयोजनामा चारओटा अडिटमार्गमा गेट र सुरुङभित्र भेन्टिलेशनको काम मात्रै बाँकीे छ। यो समाचार आर्थिक अभियान दैनिकमा हिमा वि.करसुन्दर शिरीषले लेखेका छन्।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)