कोरोनाभाइरस: उपत्यकामा १२० र बाहिर ११५ आईसीयू बेड स्थापना गरिने

फाइल फोटो

सरकारले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी काठमाडौं उपत्यका र विभिन्न प्रदेशमा गरी २ सय ३५ वडा आईसीयू बेड स्थापना गर्ने निर्णय गरेको छ।

काठमाडौं उपत्यकामा १ सय २० र विभिन्न प्रदेशमा १ सय १५ वटा आईसीयू बेड तयार पार्ने निर्णय गरिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मात्रै कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न आवश्यकताअनुसार अस्पताल बनाइने प्रतिबद्धता व्यक्त गरेका थिए।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको कोरोना संक्रमण, रोकथाप तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले उपत्यकामा आईसीयू बेड बनाउने अस्पताल तोकेको छ। यो समाचार राजधानी दैनिकमा छ।





Comments

comments

34650