कोरोनाभाइरसः कतारबाट २० नेपाली डिपोर्ट…

.

कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको छ।

अन्नपूर्ण पोष्ट दैनिकका अनुसार दुई जना दुई दिनअघि र १८ जना सोमबार फिर्ता भएका हुन्।

खाडी मुलुकले पछिल्लो समय कामदारलाई सेल्फ क्वारेन्टाइन र सामूहिक क्वरेन्टाइनमा राखेको छ। कामदार क्वारेन्टाइनबाट सीधै काम गर्ने स्थानमा जान पाउँछन्। तर बाहिर जान पाइँदैन।

त्यसबारे दूतावासले पनि सूचना जारी गरेको छ । तर ती नेपाली निषेधित क्षेत्रमा पुगेकाले पक्राउ गरी स्वेदश फर्काइदिएको परराष्ट्र अधिकारीले बताए । कतारको सुरक्षा निकायले २७ जनालाई पक्राउ गरेको थियो। परीक्षण गर्दा ज्वरो देखिएका ७ जनालाई भने आइसोलेसनमा राखिएको छ।





Comments

comments

34653