Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
सिंहदरवारमै अग्नी र गणेशको भनाभन – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

सिंहदरवारमै अग्नी र गणेशको भनाभन

.

पार्टी मिल्यो, नाम, झण्डा र संसद्मा बस्ने लहरसम्म मिलेको छ। तर मान्छेहरुको मन अझै मिलेको रहेनछ, जुन कुरा सिंहदरवारमै देखियो।

कुरा संसदमा रिक्त महासचिव पदमा कसलाई सिफारिस गर्ने भन्नेमात्रै हो।

महासचिव मनोहरप्रसाद भट्टराई आइतबारदेखि अवकासमा गए । त्यसपछि लफडा चल्यो, नयाँ महासचिव सिफारिस र कार्यवाहकका बारेमा। नयाँ महासचिव सिफारिसबारे राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले डेढ महिनाअघि सभामुख निर्वाचित अग्नी सापकोटासँग कुरा गर्न चाहेका थिए।

अग्नीले आइतबार मनोहर अवकासमा जाने दिन गणेश तिम्सिनालाई बोलाएर भने, ‘साथीहरुले अहिले गोपाल योगीलाई कार्यवाहक बनाऔँ भन्नुभएको छ।’ गणेश बम्किए, ‘यस्तो मनलाग्दी नगर्नुहोस् न कमरेड, सिस्टम हुन्छ, पार्टी छ, सल्लाह गर्नुपर्छ। अन्तिम समयमा यसो गर्ने भइयो भनेर म तपाईंको बोधार्थ बुझ्न बसेको हुँ र?’

अग्नीले सम्झाउन खोज्दै गर्दा गणेश जुरुक्क उठेर निस्किए। गणेश बाहिरिएको केही बेरमै कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फे पुगिन्। उनले थपिन्, ‘संसद चलाउनेजस्तो संवेदनशील कुरा छ। न महासचिव बनाउन उमेर पुग्छ, न क्षमताले भ्याउँछ। तपाईंहरुलाई मन लाग्दैमा हुन्छ?,’ उनले भनिन्।

खासमा पार्टी नेताबीच संसद सचिवालयमा कार्यरत सचिव डा. भरत गौतमको नाम सिफारिस गर्ने सल्लाह रहेछ। संसद सचिवालयमा कार्यरत तीन सचिवमध्ये सबभन्दा सिनियर पनि उनै हुन्।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनासँग केही साताअघि मात्रै अग्नी सापकोटाको भनाभन चलिसकेको थियो, इन्टरनेसनल पार्लियामेन्ट युनियनको बैठकमा जानेबारे। गणेशले म जान्छु भनेपछि अग्नीले भनेका थिए, ‘तपाईं आफ्नो मर्यादामा बस्नुहोस् मेरो काममा इन्टरफेयर नगर्नुहोस्।’

त्यसपछि गणेशले चर्कदै भने, ‘मलाई मर्यादा सिकाउने? लु, संविधान निकाल्नुहोस्, राष्ट्रियसभा अध्यक्ष कहाँ हुन्छ, सभामुख कहाँ हुन्छ?’ जनआस्था साप्ताहिकमा समाचार छ।





Comments

comments

34667