Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
यस्तो पनि गरिछन् सुजाताले – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

यस्तो पनि गरिछन् सुजाताले

फाइल फोटो

गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइरालाले आफू परराष्ट्रमन्त्री रहेका बेला विदेशी नागरिक छोरीलाई पदीय दुरुपयोग गरी गैरआवासीय नेपालीको परिचय उपलब्ध गराएको प्रमाण फेला परेको छ।

सुजाताद्वारा जर्मन नागरिकता भएकी र बंगलादेशी नागरिक रुबेल चौधरीसँग वैवाहिक सम्बन्धमा रहेकी छोरी मेलानी रोशा जोस्टलाई परराष्ट्र मन्त्रालयको तर्फबाट गैरआवासीय नेपालीको परिचयपत्र उपलब्ध गराइएको हो । सन् २०१० को फेब्रुअरी ८ देखि सन् २०२० को फेब्रुअरी ७ तारेखसम्म दश वर्षको मान्यता रहने गरी मेलानीलाई सुजाताले आफू परराष्ट्रमन्त्री हुँदा उक्त परिचयपत्र बनाइदिएकी हुन्।

जर्मन नागरिकसँग विवाह गरेर जर्मनीमै जन्मिएका छोराछोरीलाई सुजाताले उतै हुर्काएकी थिइन् । आफ्ना पिता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि रातारात नेपाल फर्किएकी सुजाताले आफ्नो ‘बन्दोबस्ती’ भइसकेपछि छोराछोरीलाई पनि नेपाल ल्याएकी हुन् । तर, उनले छोरा आन्द्रेस र छोरी मेलानीलाई नेपाली नागरिकता दिलाएको जानकारी हुन सकेको छैन।

छोराको विवाह पोखराको एक प्रतिष्ठित कन्यासँग गराएर अंशबन्डा गरी उनलाई विराटनगरको पाँच बिघा जमिन दिइएको छ । हाल बुढानिलकण्ठमा एक घर खरिद गरी बसेका छोरा आन्द्रेसको आमा सुजातासँग राम्रो सम्बन्ध नभए पनि उनले सुष्मा कोइराला मेमोरिएल ट्रस्टको व्यवस्थापन हेर्दै आएका छन् । बंगलादेशी बनेकी मेलानीका पति रुबेल चौधरी नेपालमा ‘मोस्ट वान्टेड’ को सूचीमा छन्।

चौधरीमाथि ‘कल बाइपास’ धन्दा सञ्चालन गरी नेपाललाई करोडौं रुपैयाँ क्षती पुर्‍याएको आरोप छ । रुबेल र मेलानी अहिले बेलायत बस्ने गर्दछन् र सुजाताले पनि नेपाल छोडेर छोरीज्वाइँसँगै बेलायत बसोबास गर्ने षेजना बनाइरहेकी छिन्। यो खबर घटना र विचार साप्ताहिकमा प्रकाशित छ।





Comments

comments

34670