उपत्यकामा हजार आइसोलेसन बेड तयारी अवस्थामा

फाइल फोटो

सरकारले कोरोना भाइरस संक्रमण (कोभिड–१९) को सम्भावित जोखिम कम गर्न काठमाडौं उपत्यकामा १ हजार आइसोलेसन बेड तयारी अवस्थामा राखेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले काठमाडौंका विभिन्न स्थानमा रहेका अस्पतालमा १ हजार आइसोलेसन बेड तयारी अवस्थामा राखिएको जानकारी दिए।

सरकारले मंगलबार मात्रै काठमाडौं उपत्यकामा १ हजार आइसोलेसन बेड तयारी अवस्थामा राख्ने निर्णय गर्दै त्यसको आवश्यक चाँजोपाजो मिलाउने जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिएको थियो। सरकारको सो निर्णयअनुसार १ हजार आइसोलेसन बेड तयारी अवस्थामा राखिएको सचिव कोइरालाले बताए। सरकारले कोरोनाको सम्भावित जोखिम न्यूनीकरण गर्न उपत्यकामा १२० र उपत्यका बाहिर ११५ आईसीयू बेड स्थापना गर्ने निर्णय गरेको थियो।

सचिव कोइरालाका अनुसार यदि संक्रमण फैलिहालेको अवस्थामा पहिलो चरणमा बढीमा १ हजार जना सम्म राख्न सक्नेगरी आइसोलेसन बेड बनाइएको छ। ‘यो एकैपटक फैलने होइन, व्यक्तिबाट फैलने दर अत्याधिक हुने भएकाले संक्रमण हुनेलाई आइसोलेसनमा राखेर उपचार गर्न सकिएमा थप संक्रमण हुनबाट बचाउन सकिन्छ, ’कोइरालाले भने। राजधानी दैनिकमा समाचार छ।





Comments

comments

34673