कोरोना संक्रमण : एनआरएनएले बोलायो आकस्मिक बैठक

.

लन्डन । विश्वव्यापी प्रकोप बनेको नोभेल कोरोना भइरसको नेपालमा सम्भावित संक्रमण र विस्तार रोक्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आकस्मिक बैठक बोलाएको छ।

राष्ट्रिय समिति, आइसीसी र स्वास्थ्य विज्ञहरुको संयुक्त बैठक आगामी शनिवार (साँझ ६:४५ नेपाल समय) हुन लागेको महासचिव डा. हेमराज शर्माले जानकारी दिए। संघका विश्वभर ८१ देशमा राष्ट्रिय समिति रहेका छन्।

यसै बीच संघद्वारा गत आइतवार गठित उच्चस्तरीय समितिको बैठक बिहिवार बस्ने भएको छ। यसअघि संघले एनआरएनए अध्यक्ष कुमार पन्तको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समिति गठन गरेको थियो। उच्चस्तरीय समितिको सल्लाहकारमा नेपाली कांग्रेसका नेता गगनकुमार थापा र पूर्व शिक्षामन्त्री डा गंगालाल तुलाधार रहेका छन्।

बैठक देशमा आइपर्ने विपत्तिका बारेमा दीर्घकालीन गुरु योजना तयार गर्नेलगायत, सचेतना मुलक सामाग्री तयार गर्ने, वैदेशिक रोजगारमा गएका नेपालीको सहयोगको लागि नेपाली भाषामा प्रचार सामाग्री तयार गर्ने, महामारीको अवस्थामा नेपाललाई सहयोग गर्न अन्तराष्ट्रिय सञ्जाल निर्माण गर्ने, तत्कालका लागि कोरानो संक्रमणविरुद्ध लड्न आवश्यक सामाग्री उपलव्ध गराउने, नीतिगत तहमा विदेशमा सिकेको ज्ञान र सिपलाई नेपाल सरकारसम्म पु-याउने लगायतको अजेण्डमा केन्द्रित हुने छ।

चिनमा महामारीको रुपमा फैलिएको नोवल कोरोन भाइरस विश्वका धेरै देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेसँग मातृभूमिलाई सहयोग गर्न एनआरएनएले समेत आफ्नो सक्रियता देखाएको हो।

संघले यसअघि आफ्ना शाखालाई नोवल कोरोन भाइरसको संक्रमण रोक्न र सजक हुन निर्देशन दिइसेको छ। संघका आन्तरिक विषयमा छलफल गर्न अन्तराष्ट्रिय परिषदको बैठक अगामी २२ मार्चको लागि तय गरिएको संघले जनाएको छ।





Comments

comments

34703