काठमाडौं । सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीचको मनमुटाव सतहमा देखिएको छ।
सभामुख सापकोटाले संघीय संसद्को ‘कार्यवाहक’ महासचिवमा गोपालनाथ योगीलाई तोकेपछि त्यसमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आपत्ति जनाएका छन्।
सभामुख सापकोटाले बुधबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा रहेका विभिन्न समितिका सभापति, सभामुख र अध्यक्षबीच छलफल राखेकामा मनमुटावको प्रभाव देखिएको छ । अध्यक्ष तिमिल्सिनाले सो बैठकमा आफू उपस्थित हुन नसक्ने सन्देश पठाएर असन्तुष्टि जनाए । उनले राष्ट्रिय सभाअन्तर्गतका समिति सभापतिलाई पनि बैठकमा नजान सल्लाह दिएको बताइएको छ।
‘अध्यक्षज्यूले कार्यवाहक महासचिवको विषयमा सरसल्लाह भएन भनेर भन्नुभयो,’ राष्ट्रिय सभाको दिगो विकास सुशासन समितिकी सभापति तारादेवी भट्टले भनिन् । अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा र प्रतिनिधि सभाका धेरै समितिका सभापति नआउने भएपछि सभामुख सापकोटाले बुधबारको बैठक स्थगित गरेका छन् । यो समाचार राजधानी दैनिकमा सविन शर्माले लेखेका छन्।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)