कोरोनाभाइरसः क्वारेन्टाइनका लागि तमु धिं नेपालको भवन…

फाइल फोटो

हुम तमु / एचकेनेपाल डट कम –

पोखरा, १० चैत्र। विश्वव्यापी रुपमा नयाँ भाईरस कोभिड १९ कोरोना भाइरसको संक्रमण फैलिइरहदा गण्डकी प्रदेश सरकारलाई क्वारेन्टाइन एवं आइसोलेशन सेन्टरका लागि तमु धिं नेपालले सघाउने भएको छ।

तमु धिं नेपालले विशेष बैठक बसी कोरोना भाइरसको संक्रमणले मुलुकमा संकट निम्तन सक्ने भन्दै पोखरा ९ नयाँबजारमा रहेको तमु धिं नेपालसहित आवाश्यकतानुसार विभिन्न क्षेत्रीय समाज भवनहरु क्वारेन्टाइनका लागि गण्डकी प्रदेश सरकारलाई उपलब्ध गराउने निर्णय सोमवार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सामाजिक विकास मन्त्री नरदेवी पुनलाई तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले हस्तान्तरण गर्नुभएको हो।

संसारभर फैलदै गरेको भाईरसले करिब १४ हजार भन्दा बढीको मृत्यु भईसकेको छ भने ३ लाख बढी संक्रमित भएको र विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण एशिया लगायत नेपाल कोरोना भाइरसबाट उच्च जोखिम क्षेत्र घोषणा भईसकेको अवस्थामा तिन तहको सरकार र सरकार मार्फत विशेष सतर्कता, विशेष व्यवस्था र नागरिकले सचेतता एवम सजगता अपनाउनु पर्ने भन्दै तमु धिंले गण्डकी सरकारले क्वारेण्टाइनका लागि सघाउने निर्णय गरेको बताइएको छ।

यस अघि तमु धिं नेपालले चरण चरणमा कोरोना भाइरसका विषयमा सचेतना कार्यक्रमहरु समेत गरी संस्थागत सामाजिक उत्तरदायित्व बहन गरेको जनाएको छ।

अस्थायी क्वारेण्टाइन मात्र होइन देश, प्रदेशमा संकट समस्या, मानवीय विपद परेको बखत तमु धिं नेपाल स्वयमसेवा र आवाश्यक सहयोगका निम्ती तयार रहेको भन्दै तमु धिं नेपालले सरकार जनता र मुलुकका लागि, सामाजिक संस्था नागरिक र समाजका लागि भएकाले तमु धिं नेपाल सदा सर्वदा प्रदेश सरकारसँग संकटमा साथै, विकाश र समृद्धिमा सँगै रहेको पत्रमा उल्लेख गरेको महासचिव गिरीप्रसाद गुरुङले जानकारी दिनुभयो।

तमु धिं नेपालले सबै जुटौं, कोरोना भाइरसबाट बचौं, बचाऔं भन्ने नाराका साथ सबैलाई सर्तकता अप्नाउन आव्हान समेत गरेको छ।

[table “” not found /]

[table “” not found /]





Comments

comments

34823