धरानेको ‘सानो संसार’ म्युजिक भिडियो सार्वजनिक

.

रोशन मेवाहाङ / एचकेनेपाल डट कम-

धरान । गायक मनोज महोत्तेको स्वर रहेको ‘सानो संसार’ बोलको म्युजिक भिडियोलाई क्रेशन रेकर्डसले आफ्नो सामाजिक सञ्जाल युट्युवमार्फत सार्वजनिक गरेका छन्।

मोफसलमा रहेर कलाकारितामा संघर्ष गरिरहेका पाभेल उदास र अदिती लामाको प्रमुख फिचरिङ्ग रहेको भिडियोमा बालकलाकार साम्फोङ राईको अभिनय रहेको भिडियोलाई भिषन योञ्जनले निर्देशन तथा सम्पादन गरेका हुन्।

लामो समयदेखि पूर्वको सुन्दर सहर धरानबाट सांगीतिक क्षेत्रमा लागि रहेका ‘द वकिङ क्लाउट’ को पहिलो संस्करण ‘मेरो संसारमा’ बाल कलाकार साम्फोङको अभिनयले दर्शकहरुलाई रुझाएका थिए।

.

जहाँ रबि पुग्दैनन त्यहाँ कबि पुग्छन् भने जस्तै सर्जककालागि सिमानाले छेक्दैन चाहे बुद्ध भूमि चाहे युद्धको भूमिमा किन नहोस् यदि मनमलिलो भयो भने जस्तो ठाउँमा रहदा पनि गीत, संगीत र साहित्यको सिर्जना गर्न सकिने रहेछ।

पूर्वी सहर धरानको ‘ द वकिङ क्लाउट’ ले जुन गीतमा आफ्नो प्रियतमलाई मन मुटुभित्र संगालेर मिठो भावनालाई संगीत मार्फत प्रेमको आलापमा त्यो अमर प्रित सारा नेपाली माझ झल्काईरहेका छन्।

बास्तवममा ति शव्दहरुले मायालुको सुन्दर सहरमा दुनियाले जे भने नि आफ्नो मायालुसगँ समझौतामा सामाना गरेर अघि बढिरहन सकारात्मक संन्देश दिएको अनुभूति गर्न सकिन्छ।





Comments

comments

34814