कोरोना : काेराेनाबाट विश्वभर २ लाख ९२ हजारकाे मृत्यु

न्युज डेस्क / एचकेनेपाल डट कम –

१३ मे, विश्वभर कोरोना भाइरस (कोविड १९)को सङ्क्रमणबाट मृत्यु हुने मानिसको संख्या २ लाख ९२ हजार नाघेको छ। सङ्क्रमितको संख्या ४३ लाख ४२ हजार नाघेको छ।

अमेरिकामा मात्रै कोरोना सङ्क्रमणका कारण ८३,४२५ जना मानिसले आफ्नाे ज्यान गुमाएका छन्। सङ्क्रमितको संख्या १४,०८,६३६ पुगेको छ। बेलायतमा ३२,६९२ जनाकाे ज्यान गएकाे छ भने २,२६,४६३ जनामा काेराेनाकाे सङ्क्रमण भेटिएकाे छ।

छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणबाट २,४१५ जना मानिसकाे ज्यान गएकाे छ। सङ्क्रमितको संख्या ७४,२९२ जना पुगेकाे छ।

नेपालमा २१७ जनामा कोरोना सङ्क्रमणकाे पुष्टि भएकाे छ। तिमध्ये ३३ जनाले काेराेना जितेर स्वास्थ्यलाभ गरी घर फर्किसकेका छन्।

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसले सबैभन्दा ठूलो प्रभाव अमेरिका, स्पेन र बेलायतमा परेको छ।

[table “” not found /]


[table “” not found /]


[table “” not found /]


[table “” not found /]

.
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

34999