Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हम्बुर्ग, जर्मनीमा सभ्य र भव्य तमु ल्होछार

सुन्दर गुरूङ / एचकेनेपाल डट कम –
हम्बुर्ग,जर्मनी। ‘भाषा, संस्कृति, परम्परा र रितिरिवाजको संरक्षण गरौँ´भन्ने मूल मन्त्रका साथ अघि बढिरहेको छ, तमु समाज हम्बुर्ग, जर्मनी। यसै संस्थाद्वारा ल्हु – ल्होछारको पावन अवसरमा गत बुधबारका दिन सभ्य र भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो।

विगत १३ बर्षदेखि निरन्तर प्रवासी नेपाली तन र मनहरुलाई मनोरंजन प्रदान गर्दै रितिरिवाज जगेर्ना गर्ने गहन जिम्मेवारीका साथ लागि परिरहेको र हरेक बर्ष यसै ल्होछारको अवसरमा कार्यक्रम आयोजना गर्ने गरेको तमु समाज हम्बुर्गको यस बर्षको कार्यक्रम पनि सफलताका साथ सम्पन्न भएको छ।

कार्यक्रममा प्रबासमा रहेका करिब ३५० नेपालीहरुको उपस्थिति रहेको थियो। अनौपचारिक रुपमा बेलुका ८:०० बजे तथा औपचारिक ११:०० बजेबाट सुरु भएको उक्त कार्यक्रम बिहान ५:०० बजेसम्म संचालन भएको थियो। औपचारिक रुपले कार्यक्रम संचालन हुनुपूर्व प्रवासमा रहदा असामयिक निधन भएका पाल्पा, नेपालका बिष्णु श्रेष्ठको संस्मरणमा करिब १ मिनेट भावपूर्ण शोक मानाइएको थियो। तत्पश्चात संस्थाका कार्यबाहक अध्यक्ष लाल बहादुर गुरुङ र उपाध्यक्ष शशि गुरुङद्वारा पानसमा बत्तिबाली कार्यक्रमको औपचारिक उद्घोष गरियो।

आयोजित कार्यक्रममाथि प्रकाश पार्दै र उपस्थित नेपालीहरुलाई सु-स्वागत गर्दै संस्थाका अध्यक्ष लाल बहादुर गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो। आश्विनी गुरुङले उद्घोषकको भूमिका बहन गरेको कार्यक्रममा सुनमा सुगन्ध त त्यो बेला भयो जब विभिन्न नेपाली कलाकारहरुले नेपाली कला र संस्कृति झल्कने गरी आफ्ना नृत्य, हास्य र गायन प्रतिभाले कार्यक्रमको गरिमा चुलाएका थिए।

कसैले हितको दौतरी भन्ने गीतमा कौडा नृत्य प्रस्तुत गरेका थिए त कसैले चौबन्दी चोलीमा अनि कसैले गीतको धुन बजाउन लगाई आफ्नो स्वर भरेका थिए। लामो समयदेखि संगीत क्षेत्रमा क्रियाशील डि.जे. सुन्दर र डि. जे. सन्दिपबाट बजाइएका गीतहरुले अझ कार्यक्रमको रौनकता थपेको थियो।

कार्यक्रमको अन्त्यमा संस्थाद्वारा चिठ्ठा खोल्नुका साथै कार्यक्रम संचालनको निमित्त आर्थिक रुपमा टेवा पुर्याउने प्रयोजकहरुलाई सोही संस्थाका सचिव यम गुरुङ र कोषाध्याक्ष मिलन गुरुङको हातबाट स-धन्यवाद सहित प्रमाण-पत्र प्रदान गरिएको थियो।





Comments

comments

3520