कैलालीमा थप एक जनालाई कोरोना संक्रमण

कोरोना परीक्षण

सम्वाददाता / एचकेनेपाल डट कम –

काठमाडौं, कैलालीमा थप एक जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ।

सङ्क्रमित हुनेमा कैलालीको लम्की चुहा नगरपालिका–१ का ६५ वर्षीया एक महिला रहेकी छन्। उनी लम्की वहुमुखी क्याम्पसको क्वारान्टिनमा बस्दै आएकी थिइन्।

वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी लकडाउनपछि १७ चैतमा लम्की आएकी थिइन्। उनीसहित केही मजदुरहरुलाई क्वारान्टिनमा राखिएको थियो। उनीहरुको र्‍यापिड टेस्ट गर्दा महिलामा कोरोना पोजिटिभ देखिएपछि पीसीआर मेसिनबाट थप परीक्षण गर्दा उनमा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको हो।

यसअघि पनि कैलालीमा ३ जनालाई कोरोना संक्रमणको पुष्टि भएको थियो।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

35505