अमेरिकामा कोरोनाबाट निधन भएका लिम्बूका परिवारलाई आर्थिक सहयोग

स्व. अनिल लिम्बू

सम्वाददाता / एचकेनेपाल डट कम –

न्यूयोर्क, अमेरिकाको न्यूयोर्कमा गत मार्च २४ तारिख कोरोनाको संक्रमणबाट निधन भएका अनिल लिम्बूको परिवारलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ।

१६ दिन अगाडि अनिलको नाममा खोलिएको गोफण्डमीमार्फत संकलन गरिएको २१ हजार ७०६ अमेरिकन डलरमध्येमा गोफण्डले २.९ % प्रतिशत तथा ३० सेन्ट प्रति सहयोग कटाएर बाँकी रहेको २० हजार ९४०.२४ सहयोग रकम मृतक लिम्बूका श्रीमति शान्ता लावती सुब्वाको क्यापिटलवनको बैंक खातामा जम्मा हुने गरी स्थानान्तरण गरिएको राहत संकलनका अभियन्ता नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिद्र नेम्बाङले जानकारी दिएका छन्।

यो सहयोग रकमले पीडितको परिवारलाई केही राहत पुग्ने बताउँदै नेम्बाङले राहत जुटाउँनका लागि सबै संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, सामाजिक अभियन्ता र आम नागरिकले सहयोग गरेको बताए।

भर्जिनियावासी डा. देशराज संयोगले गोफण्डलाई संचालनमा ल्याएर प्राविधिक रूपमा सहयोग गरेका थिए भने परिवारको तर्फबाट पुष्पलता सुब्वा रसुभद्रा सुब्वाले सबैलाई सहयोग गर्न अनुरोध गरेका थिए।

यसको समन्वय किरात याक्थुङ चुम्लुङ अमेरिकाले गरेका थिए। पाँचथरको कुम्मायक गाउँपालिका रानीगाउँमा जन्मिएका अनिल सुब्वा लिम्बू बिगत लामो समयदेखि अमेरिकाको न्यूयोर्कमा रहदै आएका थिए।

४९ बर्षीय अनिल लिम्बूको एक श्रीमती शान्ता लावती लिम्बु, दुई छोराहरू प्रकाश सुब्वा लिम्बु, ताङछो हाङ सुब्वा लिम्बु र एक छोरी रेनु सुब्वा लिम्बु छन्।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

35494