Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

विदेशमा लुकेर बसेका ८ नेपाली दलालहरु इन्टरपोलको निगरानीमा

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले वैदेशिक रोजगारीको प्रलोभन लिएर मानव तस्कर गर्ने ८ जना नेपालीविरुद्ध रेडकर्नर डिफ्युजन नोटिस जारी गरेको छ।

अनुसन्धानका क्रममा रहेको घटनामा संलग्न फफार अभियुक्त देशबाहिर पुगेको अवस्थामा पक्राउ गर्न अन्य देशका प्रहरी संगठनको सहयोगका लागि इन्टरपोलले डिफ्युजन नोटिस जारी गर्छ। नागरिक दैनिकमा समाचार छ।

इन्टरपोलले परशुराम तामाङ, किशोर राई, ओमप्रकाश गुरुङ, दुर्गा निरौला, सोमनाथ निरौला, अजन्त तुलाधर, विनोद पाण्डे र सन्जिव मुडभरीविरुद्ध नोटिस जारी गरेको हो। उनीहरुले बैंकक, अमेरिका, कोरिया,अफगानिस्तान, युरोपेली मुलुक र अफ्रिकी मुलुकमा रोजगारी दिलाइदिने प्रलोभनमा रकम लिइ ठगी गरेका थिए।





Comments

comments

3575