Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेफ्टा अवार्डको नोमिनेसन सार्वजनिक

काठमाडौं, नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) द्वारा बर्षेनी आयोजना गर्दै आइरहेको नेफ्टा फिल्म अवार्डको आठौँ संस्करणको उत्कृष्ट पाँच मनोनयन शनिबार सार्वजनिक गरिएको छ।

विभिन्न ३३ विधामा वितरण गरिने अवार्डमध्ये सर्वोत्कृष्ट फिल्मका लागि लज्जा, नोभेम्बर रेन, टलकजंग भर्सेस टुल्के, जेरी र कबड्डी नोमिनेसनमा परेका छन्।

सर्वोत्कृष्ट निर्देशकका लागि नोभेम्बर रेनबाट दिनेश राउत, लज्जाबाट नवल नेपाल, वान वेबाट सुरज सुब्बा, जेरीबाट हेमराज बिसी र टलकजंग भर्सेस टुल्केबाट निश्चल बस्नेत नोमिनेसनमा परेका छन्।

अभिनेतामा नोभेम्बर रेनका आर्यन सिग्देल, कबड्डीबाट दयाहाङ राई, स्टुपिड मनबाट जीवन लुइँटेल, टलकजंग भर्सेस टुल्केबाट खगेन्द्र लामिछाने र उत्सवबाट सौगात मल्लले प्रतिस्पर्धा गर्दै छन्।

अभिनेत्रीमा श्री ५ अम्बरेबाट केकी अधिकारी, टलकजंग भर्सेस टुल्केबाट ऋचा शर्मा, नोभेम्बर रेनबाट नम्रता श्रेष्ठ, लोग्नेमान्छेबाट नन्दिता केसी र नाइँ नभन्नु ल–३ बाट प्रियंका कार्कीले प्रतिस्पर्धा गर्दै छन्।

आवार्डको प्रतिस्पर्धामा ०७१ सालमा रिलिज भएका ७५ मध्ये ५७ फिल्म मात्र सहभागी भएका छन्। अवार्ड समरोह असोजमा कतारमा हुदैछ।





Comments

comments

Leave a Reply

7800