युएईमा ‘छुनलाई होइन हेर्नचाहिँ पाइन्छ…’

त्रिलोचन कोइराला / एचकेनेपाल डट कम –
साँझ ६ बजे नै खचाखच भरिएको डेरा एसियाना होटलको कार्यकम हल दर्शकको तिब्र प्रतीक्षापछि ७:१५ मा हामी नेपाली जहाँ भएपनि हाम्रो छातीमा नेपालीको माया छ भन्दै निस्किए चर्चित आरजे सुशील नेपाल।

होहल्लामा रुमलिएर एसियानको हल एकाएक गडगडाहट तालीले तात्यो फिष्टेल कन्सर्टको साँगीतिक माहोल। माहोल बुझेका सुशीलले एकै छिन पनि ढिला नगरी माहोललाई तताइहाले कार्यक्रममा नेपाली रक पप गायक हाउडे,अरुण र विकलले ‘नेपालको बाटोमा लाहुरेसंग परेड खेल्न आइज भन्दै उपस्थित दर्शकहरुलाई गर्मि बढाएका थिए। युएईका स्थानीय गायक क्षितिज चिन्तनले पनि आफ्नो गायकीले दर्शकलाइ लठ्याए।

युएईका कलाकारको प्रस्तुतिपछि हलको चिसोलाई तताउन आइन गोल्डेन डान्स आइडियल फस्ट रनर अप नृत्यागना आश्मा पाण्डे बिभिन्न नेपाली कलेक्सन गीतम जादुगर नृत्य गरेर गड्गडाएको तालिलाई एकछिन पनि रोकिन नदिई मन्चमा आए चर्चित पप गायक सुगम पोखरेल।

आधा दर्जन चर्चित गीत गएका पोखरेलले ‘फेरी त्यो दिन सम्झन चाहान्न भन्दै स्टेजमा निस्किए थिए। पोखरेलका शुभचिन्तकले हातमाहात हल्लाउदै साथ दिएपछि उनले एउटा साथी छ , बर्ष र दिनमा लै लै, झिल्केले, लखर लखर जस्ता चर्चित गीतहरु गाए।

दर्शकले एकपछि अर्को मनोरञ्जन नै मनोरञ्जन लिई रहदा मञ्चमा आइन् हट नेपाली नायिका शुष्मा कार्की कार्यक्रमको बिशेष आकर्षण बनेकी थिइन नायिका कार्की। “छुन लाई होइन हेर्न चै पाइन्छ” भन्दै स्टेज प्रवेश गरिन्। माहोल एकाएक आगो झैँ तातेको थियो। शुष्मा नृत्य गरिरहदा युवाहरुको जमात शुष्मालाई छुन लालायित भएका थिए। शुष्माले आफ्नो अर्धनग्न पहिचानलाई स्थापित गर्दै आफनो नृत्यको जादुले दर्शकलाई लठ्याइन्।

कार्यकमको बिचमा नृत्य गायनमा रुमलिएका दर्शकलाई हसाउन आइन् चर्चित हास्यकलाकार निरु खड्का। मेरी बासैमा निर्म्लिको नामबाट चिनिएको निरुले सरकारले पुरुषलाई शुन्य लागतमा विदेश पठाएर नेपालमा महिलालाई निशुल्क गर्भपतन गराउने सुबिधा दिएको भन्दै सरकारको नीतिको व्यंग्यत्मक प्रस्तुति दिएर दर्शकलाई हसाएकी थिइन्। खड्काले बिभिन्न नेपाली गीतहरुमा हुने गरेका अंग प्रदर्शनलाई सटिक तरिकाले ब्यङ्ग प्रहार गर्दै मनोरञ्जन दिलाएकी थिइन्।

कार्यक्रमको अन्यमा सुगम पोखरेलले मनोरञ्जन दिदा दिदै सकिएको फिष्टेल कन्सर्टलाई दर्शकको हुटिंगका कारण केही समय थपिएको थियो। मनोरञ्जनका लागि सांगीतिक कार्यक्रम गर्दा सफल हून्छ भन्ने थप उदाहरण भएको बताउदै सहयोगी आयोजक सुदिप खरालले कार्यक्रमबाट युएईका दर्शकले पूर्ण सन्तुष्टि लिएको दाबी गरे।

युएईको नेपाली ट्राभल व्यावसाय रुप ग्रीनलाइनको फिष्टेल ट्राभलको मुख्य प्रायोजनमा ग्लोबल ब्रिज कन्सल्टेन्सी, सिल्भर स्पुन नेपाली रेस्टुरेन्टले फिष्टेल कन्सर्टमा सहप्रायोजक रहेको कार्यक्रमको आयोजना विक्रान्त कार्कीले गरेका कार्कीले युएईमा पहिलोपटक कार्यक्रम आयोजना गरेका हुन्। उनले यस्ता कार्यक्रम निरन्तर गरिरहने बताएका छन्।





Comments

comments

Leave a Reply

7192