Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

विप्लवलाई किन त्यागे यि कमान्डरहरूले?

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको प्रवक्तामा खड्गबहादुर विश्वकर्मालाई ल्याइएपछि चन्दनिकट केही नेताले अन्तिममा उनको साथ त्यागेका छन्।

मोहन वैद्यसँग असन्तुष्ट रहेका तर लामो समयदेखि आन्तरिक संघर्षमा चन्दलाई साथ दिँदै आएका केही जिम्मेवार नेताहरु विश्वकर्मालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएलगत्तै चन्दलाई छाडेर स्वतन्त्र बस्न बाध्य भएको समाचार आजको तरुण साप्ताहिकमा छापिएको छ।

वैद्य नेतृत्को नेकपा–माओवादीभित्र विप्लवका दाहिने हात मानिने वुद्दिजीवी डा. ऋषिराज बराल, जयपुरी घर्तीमगरलगायतका नेता विश्वकर्माकै कारण चन्दसँगै नयाँ पार्टीमा नगएका हुन्।

युद्दकालमा विश्वकर्माले ज्यान जोगाउन पार्टी छाडेर भागेको तर अहिले सशस्त्र क्रान्तिको योजना बनाइरहेका चन्द नेतृत्व माओवादीको प्रवक्ताको जिम्मेवारी उनैलाई दिएपछि बराल, जयपुरी घर्तीलगायतका नेताहरुले चन्दको साथ छाडेका हुन्।





Comments

comments

3579