फणिन्द्र अकिञ्चन / एचकेनेपाल डट कम –
पोखरा, २० पुस। हाम्रो मझेरी साहित्य प्रतिष्ठानले पोखरेली साहित्यकार सरस्वती श्रेष्ठसहित चार जनालाई ‘हाम्रो मझेरी प्रतिभा साहित्य सम्मान–२०७१’ प्रदान गर्ने भएको छ।
प्रतिष्ठानको हालै बसेको बैठकले समालोचक प्रा. डा. नारायणप्रसाद खनाल (चितवन), साहित्यकार उज्ज्वल जिसी(काठमाडौं), झापाका साहित्यकार भुपेन्द्र तिमिल्सिना र पोखरेली साहित्यकार सरस्वती श्रेष्ठ ‘सरु’ सम्मान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी ‘अञ्जली’ले जानकारी दिए।
यस्तै, यस वर्षको गजल रत्न पुरस्कार हाल हङकङ निवासी गजलकार बज्रकुमार राई थुलुङको गजल सञ्चयन ‘हत्केलामा आगो’ र गजल श्री पुरस्कार काठमाडौँकी गजलकार राधिका कुइँकेल खनालको ‘मौन आकाश’लाई प्रदान गरिने निर्णय गरेको छ।
विभिन्न साहित्यकारका चार कृतिसहित हाम्रो मझेरी साहित्य प्रतिष्ठानको ५२ औं अड्क पनि सोही अवसरमा विमोचन गरिने आयोजकले जनाएको छ।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)