Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङकी गायिकाद्वारा आमाघरलाई सहयोग – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङकी गायिकाद्वारा आमाघरलाई सहयोग

एचकेनेपाल डट कम संवाददाता-
हङकङेली गायिका सुनिता प्रधान लिम्बुले आफ्नो अल्बम आरोहीको बिक्रीको आम्दानी रु. ७५ हजार समाजसेवी दिलशोभा श्रेष्ठको आमाघरलाई प्रदान गरेकी छिन्।

४ महिना अघि बजारमा आएको सो अल्बम बिक्रीको रकमको २५ प्रतिशत आमाघरलाई दिने घोषणा लोकार्पण समारोहमै गरिएको थियो। १८ पुसमा राजधानीमा संगीत प्रशिक्षक संगीता प्रधान र अल्बमका निर्माता ज्ञान लिम्बुले दिलशोभा श्रेष्ठलाई सहयोग रको चेक हस्तान्तरण गरे। निर्माता लिम्बुका अनुसार उक्त रुपैया देश बिदेशमा अल्बम बिक्री भएको रकमको २५ प्रतिशत हो।

लिम्बु भन्छन् “धेरै यस्ता घोषणा गरेर पनि पुरा नगर्ने चलन ब्यप्त भएको समाजमा सानो सहयोग दिन पाउँदा आत्मसन्तुष्टि मीलेको छ।” गायिका सुनिताले अल्बमको तयारीका क्रममा आमाघरको भ्रमण गर्दा नै त्यहाँ आश्रय लिइरहेका आमाहरुका लागी सहयोग गर्ने सोंच बनाएको बताईन्। सहयोग गर्ने चाहना पुरा भएकोमा खुशी ब्यक्त गर्दै उनले अल्बम किनेर सुनिदिने सबै श्रोतामा आभार तथा धन्यवाद प्रकट गरिन्।

६ गीतहरु रहेको ‘आरोही’ अल्बममा समेटिएका गीतहरुको रचना अनुशीलले गरेका हुन्। गीतकार अनुशीलले संगीतका माध्यमबाट गरिएको सत्कार्यको हिस्सा बन्न पाउँदा खुशी ब्यक्त गरे। उनले हज्जारौ रुपैया खर्च गरेर भोज भतेरसहित अल्बम बिमोचन गर्नेक्रम बढीरहेको नेपाली संगीत क्षेत्रको लागि यो नयाँ काम भएको बताए। उनले भने “संगीतले मानिसहरुको मनलाई छुने मात्रै हैन चाह्यो भने यसरी असाहयको पीडामा मल्हम पनि लगाउँन सक्ने रहेछ।”

अल्बममा समेटिएको ‘आमा…’ गीतका संगीतकार सचिन सिंहले अल्बम बेचेर भएको आम्दानी समाज सेवामा लगाउनु अरुका लागि समेत उदाहरणीय काम भएको बताए। संगीत प्रशिक्षक संगीता प्रधानले पहिलो अल्बमबाटै नेपाली संगीतमा नयाँ सुर थपेकी सुनिताले गरेको यो काम संगीत क्षेत्रकै लागी अनुकरणीय रहेको बताईन्। उनले भनिन “सुनिताको यो कामको जती प्रशंसा गरे पनि पनि यो कमै हुन्छ।”

आमाघरकी सञ्चालक दिलशोभाले सहयोग गर्ने हातहरु दिनानुदिन बढिरहेको बताउँदै ‘आमाघर’ लाई देशका अन्य स्थानमा समेत बिस्तार गर्न लागेको बताईन्। उनले भनिन “दुःख पाएकाहरुलाई सहयोग गर्न चाहने यस्तै ठूलो मन भएकाहरु हुञ्जेल कुनै पनि आमाले भोकै मर्नु पर्दैन्।”






Comments

comments

3569