Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ससुरा र छोरीको हत्या गरी ज्वाँई फरार

तनहुँ , २० पुस। व्यास ८ काउरेभट्टीका ७० वर्षीय शंकर विक र जेठी सासुकी छोरी १६ वर्षीया मनिषाको हत्या भएको छ । करिव ४० वर्षीय ज्वाई लक्ष्मणले ससुरा शंकर र छोरी मनिषाको बन्चरो र हँसिया प्रयोग गरी घर भित्र नै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मृत्यहरुको टाउकोमा चोट छ।

स्थानियले शनिबार करिव साढे १ बजे विभत्स अवस्थामा हत्या भएको देखेपछि प्रहरीलाई खवर गरेका थिए। मध्य रातमा लक्ष्मणले आक्रमण गरेर हत्या दुवै जनाको हत्या गरेको हुन सक्ने प्रहरी उपरिक्षक मोहनकुमार आचार्यले बताए। कान्तिपुर दैनिकमा समाचार छ।

मोवाइल स्विच अफ रहेको लक्ष्मण फरार रहेकाले खोजीकार्य तिव्र पारिएको उनले जानकारी दिए। नजिकै घरहरु नभएकाले पनि तत्कालै आफूहरुलाई हत्या बारे जानकारी हुन नसकेको प्रहरीले जनाएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

3566