यसरी सहज बनाउन सकिन्छ लकडाउन

फाइल फोटो

सरकारले लकडाउनलाई खुकुलो बनाउनुपर्ने आवाज नागरिक स्ततरबाट उठ्न थालेको छ।

लकडाउनलाई एक महिनासम्म पूर्ण समर्थन गरेका नागरिकले लामो अवधिका कारण निसासिएको अनुभूति गर्दै यसलाई केही खुकुलो बनाउनुपर्ने माग गरेका हुन्।

सरुवा रोगसम्बन्धी अनुसन्धान गर्दै आइरहेका चिकित्सक डा. रमेश आचार्यले विभिन्न उपाय अपनाएर लकडाउन केही खुकुलो बनाउन सकिने सुझाव सरकारलाई दिएका छन्।

डा. आचार्यका अनुसार कोरोना संक्रमण देखिएका देशभरीका प्रभावित तथा अप्रभावित जिल्ला वा स्थानलाई रेड, ग्रिन र एल्लो जोन गरी तीन भागमा विभाजन गरेर सोही अनुसार लकडाउनलाई व्यवस्थित गर्न सकिन्छ। यो समाचार राजधानी दैनिकमा छ।





Comments

comments

35856