बेलायतमा कोरोनाबाट थप तीन नेपालीको मृत्यु…

फाइल फोटो

लण्डन, २४ अप्रिल – बेलायतमा कोरोनाका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ।

सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बताउनुभयो।

प्यूठान पुरानो घर भएका उहाँ बसाइँसराइ गरी भारत बस्दै आउनुभएको थियो भने भूपू गोरखा सैनिकका परिवारलाई बेलायतमा बस्न दिने निर्णय भएपछि उहाँ लण्डनमा बस्न थाल्नुभएको थियो।

आफ्ना छोरी ज्वाइँलाई समेत बेलायत ल्याउन आर्थिक हिसाबले सजिलो होस् भनेर पछिल्लो समय उहाँले पूर्णकालीन रुपमा कामसमेत गर्दै आउनुभएको समाजसेवी लीलादेवी गुरुङले बताउनुभयो।

कोरोनाबाट जसले ज्यान गुमाए

खोटाङ घर भई हाल बेलायतको ननिटनमा बस्ने बीमा नाछिरिङ राईको पनि उपचारका क्रममा जर्ज इलिट अस्पतालमा मृत्यु भएको हो । उहाँ भूपू गोरखा सैनिक डाकबहादुर राई र श्रीमती देशी राईकी माइली छोरी हुनुहुन्छ । उहाँ गत वर्ष मात्र बेलायत आउनुभएको थियो।

एक साताअघि कोरोनाको सङ्क्रमण भएर अस्पताल भर्ना हुनुभएकी राईलाई पहिलेदेखि मिर्गाैलाको समस्या रहेको ब्रिटिश गोरखा भेट्रन्स एशोसिएशनका महासचिव भीम सारुमगरले जानकारी दिनुभयो।

त्यस्तै कोरोना सङ्क्रमणबाट बेलायतमा थप एक नेपालीको बुधबार मृत्यु भएको छ। बेलायतको रेडिङ शहरमा बस्दै आउनुभएका ६५ वर्षीय हंशराज लिङ्देनको उपचारका क्रममा रोयल बर्कसायर अस्पतालमा निधन भएको नातेदार विजयविक्रम लिङदेलले जानकारी दिनुभयो।

तीन साताअघि अस्पताल भर्ना भए पनि तीन दिन पहिला मात्रै कोरोना भएको अस्पतालले पुष्टि गरेको थियो। उच्च रक्तचापको नियमित औषधि सेवन गर्ने लिङ्देल १४ वर्षदेखि परिवारका साथ बेलायत बस्दै आइरहनुभएको समाजसेवी कमल गुरुङ बताउनुहुन्छ। रासस

यसअघि, लण्डनमा बस्दै आएका आइतबहादुर गुरुङ, रेडिङमा बस्दै आएका विजय गुरुङ, लण्डनको न्यू माल्डेनमा बस्दै आएका पूर्व गोरखा सैनिक धनवीर थापामगर, फार्नब्रोमा बस्दै आएका पूर्व गोर्खा सैनिक बुद्धबल गुरुङ, ननिटनमा बस्दै आएका पूर्व गोरखा सैनिक हस्तवीर गुरुङ, लण्डनमा बस्दै आएका पूर्व गोर्खा सैनिक लक्ष्मण श्रेष्ठ, सडवरी टाउन बस्दै आएकी पुष्पा घले, स्वीन्डनमा बस्दै आएका पूर्व गोरखा सैनिक याम बहादुर मल्ल, लण्डनमा बस्दै आएका पूर्व गोरखा सैनिक चेतप्रसाद गुरुङ, लण्डनको साउथ ह्यारोमा बस्दै आएका पूर्व गोर्खा सैनिक लिलाबहादुर राई, लण्डनको हिलिङडन बरोमा बस्दै आएका पूर्व गोर्खा सैनिक हरिमान तामाङ, रेडिङमा बस्दै आएका पूर्व गोर्खा सैनिक लक्षिणबहादुर गुरुङ, नातिको विवाहमा लण्डन आएका कर्णबहादुर क्षेत्री (केसी)लगायत नेपालीको कोरोना सङ्क्रमणबाट निधन भएको छ।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

35823