बेलायतमा कोरोनाबाट थप एक पूर्व गोरखा सैनिकको मृत्यु

फाइल फोटो

काठमाडौं। कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ।

लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो।

स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई गत मङ्गलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो। उनलाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो । पाल्पा स्थायी घर भएका थापा पछि बुटबल बसाइँसराइ गरेका थिए।

पहिलेदेखि पिसाबथैलीको र उच्चरक्तचाप समस्याको नियमित औषधि खाँदै आइरहेका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना गरिएको पाल्पा जिल्ला समाजका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए।

अध्यक्ष रेग्मीका अनुसार सन् २००९ देखि बेलायतमा श्रीमतीसहित बस्दै आएका थापाका जेठा सन्तान नेपालमै र कान्छा सन्तान बहराइनमा रहेकोे बताएका छन्। हालसम्म कोरोनाका कारण बेलायतमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ। रासस

बेलायतमा यसअघि, कोरोना सङ्क्रणबाट लण्डनमा बस्दै आएका पूर्व गोर्खा सैनिक लक्ष्मण श्रेष्ठ, सडवरी टाउन बस्दै आएकी पुष्पा घले, स्वीन्डनमा बस्दै आएका पूर्व गोरखा सैनिक याम बहादुर मल्ल, लण्डनमा बस्दै आएका पूर्व गोरखा सैनिक चेतप्रसाद गुरुङ र लण्डनको साउथ ह्यारोमा बस्दै आएका पूर्व गोर्खा सैनिक लिलाबहादुर राई, लण्डनको हिलिङडन बरोमा बस्दै आएका पूर्व गोर्खा सैनिक हरिमान तामाङ, रेडिङमा बस्दै आएका पूर्व गोर्खा सैनिक लक्षिणबहादुर गुरुङलगायत १३ जना नेपालीको मृत्यु भएको छ।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

35600