बेलायतमा कोरोनाबाट थप अर्को एक नेपालीको मृत्यु

फाइल फोटो

सम्वाददाता / एचकेनेपाल डट कम –

लण्डन, १६ अप्रिल। बेलायतमा कोरोना भाइरस सङ्क्रमणबाट थप अर्को एक नेपालीको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्याङजा पुतलीबजार नगरपालिका ३ स्थायी घर भइ हाल लण्डनमा बस्दै आएका पूर्व ब्रिटिस गोर्खा सैनिक लक्ष्मण श्रेष्ठ रहेका छन्।

लण्डनस्थित एक अस्पतालमा ३ साताअघि भर्ना भएका ५९ वर्षीय श्रेष्ठको उपचारको क्रममा बुधवार निधन भएको हो।

कोरोना सङ्क्रमणपछि उनलाई १४ दिनसम्म भेण्टिलेटरमा राखेर उपचार गरिएको उनका भतिज सुशील श्रेष्ठले मिडियालाई बताएका छन्।

विगत १५ वर्षदेखि लण्डनमा बस्दै आएका श्रेष्ठ बेलायती गोर्खा सेनामा भर्ती हुनुअघि राष्ट्रियस्तरको खेलाडी थिए। उनले राष्ट्रिय खेलकुद प्रतियोगिताको सटपुटमा स्वर्ण पदक जितेका थिए।

श्रेष्ठका ९९ वर्षीय आमा, पत्नी, तीन छोरी र एक छोरा छन्।

बेलायतमा यसअघि, कोरोना सङ्क्रणबाट सडवरी टाउन बस्दै आएकी पुष्पा घले, स्वीन्डनमा बस्दै आएका पूर्व गोरखा सैनिक याम बहादुर मल्ल, लण्डनमा बस्दै आएका पूर्व गोरखा सैनिक चेतप्रसाद गुरुङ र लण्डनको साउथ ह्यारोमा बस्दै आएका पूर्व गोर्खा सैनिक लिलाबहादुर राईलगायत ९ जना नेपालीको मृत्यु भएको छ।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

35578