तारे होटललाई क्वारेन्टाइन बनाइने

क्वारेन्टाइन

काठमाडौं, सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण वृद्धि हुँदै गएमा काठमाडौं उपत्यकाका तारे होटललाई क्वारेन्टाइन बनाउने तयारी गरेको छ।

-

काठमाडौं उपत्यकामा निर्माण भएका क्वारेन्टाइनको अवस्थाबारे स्थलगत अनुगमनपछि सरकारले तारे होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सकिने निष्कर्ष निकालेको हो।

मन्त्रिपरिषद्को गत १६ चैत्रको बैठकले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई क्वारेन्टाइनको अनुगमन र सहजीकरणको जिम्मेवारी दिएको थियो।

मन्त्री मानन्धरले उपत्यकाका क्वारेन्टाइनको स्थलगत अनुगमनपछि तारे होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्नुपर्ने सुझाव पेस गर्न लागिएको हो। यो समाचार राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।

[table “” not found /]


[table “” not found /]


[table “” not found /]


[table “” not found /]





Comments

comments

35572