तोकेका स्थानबाट तरकारी बिक्री गर्न मानेनन् व्यापारीले

तरकारी

काठमाडौं –देशकै ठूलो तरकारी बजार कालीमाटीका व्यापारीले न्यूनतम सुविधा नभएको भन्दै अटेर गरेर कालीमाटीमै पुनः तरकारीको कारोबार सुरु गरेका छन्।

यसले बजारमा भीडभाड बढेको छ । महानगरपालिकाले कालीमाटीमा भित्रिएको तरकारी थोक व्यापारीमार्फत महानगरले तोकेका बिक्री केन्द्रमा पु¥याउने प्रबन्ध मिलाउन व्यापारीलाई आग्रह ग¥यो तर व्यापारीले भने महानगरको निर्णयलाई निरन्तरता दिएनन्।

महानगरले तरकारी बिक्रीका अस्थायी बिक्री केन्द्र कलङ्की चोक, बाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गोङ्गबु चोक, वसुन्धरा चोक, गोपीकृष्ण चोक, लैनचौर, तीनकुने, कोटेश्वर र रत्नपार्कमा व्यवस्था गरेको छ । तीमध्ये कलङ्की, स्वयम्भू र वनस्थली चोकबाट गएको बिहीबारदेखि निरन्तर तरकारी बिक्री भए पनि अन्य स्थानबाट तरकारी बिक्री हुनसकेको छैन। यो समाचार गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

35597