Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एनआरएनए अध्यक्ष घलेद्वारा छात्रबृत्तिका लागि ५ लाख सहयोग

एनआरएन/ एचकेनेपाल डट कम –
काठमाडौं, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले काठमाणडौको एक सामुदायिक बिद्यालयमा अध्ययनरत जेहेन्दार छात्रछात्राको छात्रबृत्तिका लागि ५ लाख रुपैयाँ सहयोग गरेका छन्।

हालै काठमाणडौको टौदहस्थित शुभकामना माध्यमिक बिद्यालयमा आयोजित बिशेष कार्यक्रममा अध्यक्ष घलेले ‘एमआईटी च्यारिटी’का तर्फबाट सो रकम प्रदान गर्ने घोषणा गरेका हुन्।

गैरआवासीय नेपाली संघका संस्थापक उपाध्यक्ष डा. देवकाजी डंगोगलको सहयोगमा स्थापना भएको सो बिद्यालयका बिद्यार्थीले एलएलसीमा डिस्टिङसन र फस्ट डिभिजनसहित सतप्रतिशत नतिजा हात पार्दै आएका छन्।

बिद्यालयको बाषिर्क उत्सवका अबसरमा प्रमुख अतिथिका रुपमा उपस्थित अध्यक्ष घलेलाई बिद्यालय ब्यबस्थापनले सम्मानसमेत गरेको थियो। सो अबसरमा अध्यक्ष घलेले बिचमै पढाई छाडेर रोजगारीमा जाने प्रबृत्तिलाई रोक्दै शिक्षालाई जोड दिनुपर्ने बताए। शिक्षा नै सम्बृद्धिको आधार भएकाले आफूले छात्रबृत्तिमार्फत सहयोग गरेको बताए।





Comments

comments

3590