Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
नेदरल्याण्ड्समा भव्य रुपमा ल्होसार मनाइयो – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेदरल्याण्ड्समा भव्य रुपमा ल्होसार मनाइयो

चन्द्र केसी / एचकेनेपाल डट कम –
आमस्ट्राडाम, नेदरल्याण्ड्स। गुरुङ समाज नेदरल्याण्डसले गुरुङ समुदायको महान पर्व ल्होसार भव्य रुपमा मनाएको छ।

नेदरल्याण्डस्को राजधानी आमस्टाडामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ अन्तर्राष्टिय समन्वय परिषदका अध्यक्ष शेष घले थिए।

कार्यक्रमका प्रमुख अथिति शेष घलेले नेपालीहरुको प्रवासिने क्रमलाई रोक्न नेपालमा लगानीलाई धेरै भन्दा धेरै बढाउनुपर्ने बताए। उनले गुरुङ जातीको चर्चा गर्दै आफू गुरुङ भएकोमा गर्व समेत गरे। अध्यक्ष घले गैरआवासीय नेपाली संघको काडमाडौंमा भवन निमार्ण गर्नै उद्धेश्यले रकम संकलन अभियानमा युरोपमा छन्।

गुरुङ समाज नेदरल्याण्ड्सले समेत एनआरएन भवन निमार्णका लागि आर्थिक सहयोग गर्ने जनाएको छ। कार्यक्रममा गैरआवासीय नेपाली संघका सल्लाहकार दिल गुरुङ, एनआरएन नेदरल्याण्डस्का अध्यक्ष कृष्ण अधिकारी, बेल्जियमका अध्यक्ष प्रेम गुरुङ, एनआरएन आइसीसी सदस्य जानकी गुरुङ, जमुना गुरुङलगायतका वक्ताहरुले आफ्नो भनाइ राखेका थिए।

तमुु समाज नेदरल्याण्डस्का अध्यक्ष सुनील गुरुङको अध्यक्षतामा संपन्न कार्यक्रमको संचालन बालकृष्ण गुरुङले गरेका थिए। कार्यक्रममा नेपाली राष्ट्रिय गीत तथा गुरुङहरुको राष्ट्रिय गीत समेत बजाइएको थियो।

गुरुङ्गसमुदाय, ल्होसार र गुरुङ समाज नेदरल्याण्डस् स्थापनाको बारेमा समितिका संस्थापक अध्यक्ष विकास गुरुङले चर्चा परिचर्चा गरेका थिए। कार्यक्रममा गुरुङ भेषभूषा तथा संस्कृति झल्किने पहिरन तथा परिकारहरुको व्यवस्था गरिएको थियो भने गुरुङ भाषामा गीतहरु र नृत्यहरु प्रस्तुत गरिएको थियो।

गुरुङ समाज नेदरलाण्ड्सको आयोजनामा संपन्न उक्त कार्यक्रममा यहाँका नेपाली संघसंस्था तथा नेदरल्याण्डसमा बसोबास गर्ने उल्लेख्य संख्यामा नेपाली समुदायको उपस्थिती रहेको थियो। कार्यक्रममा छिमेकी मुलुक बेल्जियम, जर्मनीबाट समेत उपस्थिती रहेको थियो। कार्यक्रमलाई सफल बनाउनको लागि सहयोग गर्ने सवै आर्थिक तथा अन्य सवै सहयोगीहरुलाई गुरुङ्ग समाज नेदरल्याण्डस्ले आर्थिक तथा सवै सहयोगीहरुप्रति हार्दिक आभार तथा धन्यबाद व्यक्त गरेको छ। औपचारिक कार्यक्रम पश्चात डिजे हिमालको साँगीतिक कार्यक्रमसमेत भएको थियो।





Comments

comments

3587