पोखराको हङकङ होटलमा बन्धक बनाइएका पर्यटकको उद्दार

पोखरा,२२ पुस। नयाँ वर्ष मनाउन पोखरा आएका भारतीय पर्यटकलाई बन्धक बनाई ५० लाख रुपैयाँ फिरौती माग्ने ६ जना भारतीय तथा नेपाली अपहरणकारीलाई कास्की प्रहरीले सोमबार पक्राउ गरेको छ।

लेकसाइडको हङकङ होटलमा बन्धक बनाइएका दुई भारतीय पर्यटकलाई सोमबार मध्याह्न १२ बजे प्रहरीले उद्दार गरेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ। अपहरणकारी त्यही होटलबाट समातिएका हुन्।

झन्डै सयको संख्यामा गएका प्रहरीले होटल घेराउ गरी भारतीय पर्यटकलाई अपहरणमुक्त गराएका थिए। होटलको छल, बरन्डा र वरिपरि चारैतिर प्रहरीले घेराउ गर्दा स्थानीय बासिन्दा द्वन्द्वकालमासमेत अनुभूत नगरेको प्रहरी अपरेशनको साक्षी बनेका थिए।

भैरहवानजिकको भारतीय सीमा शहर नौतनवहावाका अमृतपाल सिंह र गुरुदीपपाल सिंहलाई होटलमा बन्धक बनाएर अपहरणकारीले ५० लाख रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ। उनीहरु अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा पोखरा घुम्न आएका थिए। यही थाहा पाएर पछिपछि आएका नौतनहवाका राजेन्द्र कसोधन, महाजन गुप्ता र राजेश कसोधनले नेपाली लगाएर सिंह दाजुभाइका अपहरण गरेका हुन्।





Comments

comments

3598