Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अमेरिकाको मेरील्याण्डमा प्रवासी नेपाली मञ्चको अधिवेशन सम्पन्न

विजय थापा / एचकेनेपाल डट कम –
पौष २१,डिसी। अमेरिकाको मेरील्याण्ड राज्यको बाल्टिमोर शहरमा प्रवासी नेपाली मन्च मेरिल्यान्डको प्रथम राज्य अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ।

प्रवासी नेपाली मन्च मेरिल्यान्डले आयोजना गरेको प्रथम अधिवेशनको लागि नेपालबाट आएका पार्टीका केन्दिय कमिटि सदस्य प्रतापलाल श्रेष्ठ प्रमुख अतिथि रहेका थिए भने श्रेष्ठले अधिवेशनको उद्घाटन गर्नु भएको थियो।

अधिवेशनमा विशेष अतिथि, मन्चका अध्यक्ष सन्जय थापा, महावाणिज्यदूत प्रेमराजा महत , नेपाल वुद्धजीवी परिषदका केन्दिय सदस्य मोतीप्रसाद पौडेल ,एनअारएन यू एसएका वरिष्ठ उपाध्यक्ष लोकनाथ तिवारी, वानाका अध्यक्ष विजय श्रेष्ठलगायत अमेरिका नेपाल सोसाइटीका पूर्व अध्यक्ष खेम भट्टचनको सहभागिता रहेको थियो।

कार्यक्रममा अन्य अतिथिहरुको उपस्थिति निकै बाक्लो रहेको थियो भने अतिथिहरुले अधिवेशनको लागि शुभ कामना मन्तब्य राखेका थिए।

मंचका केन्दिय सदस्य डिल्लिराज पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा प्रवासी नेपाली मन्च अमेरिकाका महासचिव प्रभु थापाले उपस्थित सम्पूर्ण सहभागिहरूलाई धन्यवाद दिएका थिए। यसै गरी, मन्चका संयोजक युद्धवहादुर पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शेषकान्त खनालले गरेका थिए।

अधिवेशनमा सहभागी प्रतिनिधिहरूले युद्ध वहादुर पन्तको अध्यक्षतामा ११ सदस्यीय प्रवासी नेपाली मन्च मेरिल्यान्ड कमिटिको गठन गरेको छ। कमिटिमा उपाध्यक्ष शेषकान्त खनाल,सचिव वि उप्रेती,उपसचिव कमला भूषाल ,कोषाध्यक्ष यमुना घिमिरे र सदस्यहरूमा कमल भण्डारी, शशि थापा,चन्द्र दोमासे तथा ज्ञानेन्द्र गहतराज चयन भएका छन्।

प्रवासी नेपाली मन्च अमेरिकाका महासचिव प्रभु थापाले अमेरिका भर क्रमशः कमिटी गठन गर्ने योजना रहेको बताउदै केही राज्यहरुमा अधिवेशन भै सकेको र केहीमा हुने क्रम जारी रहेको बताए।





Comments

comments

3605