परदेशबाट देशको परिस्थिती र बुद्धका ४ आर्य सत्य सम्झँदा – ईश्वर गुरुङ

ईश्वर गुरुङ –
भौतिक सुःख र सुविधाको बखान जति गरे पनि परदेश त परदेश नै हो। काम बिना माम नपाईने कोरियाको औद्योगिक वाताबरणमा मेशिनसँगै घुम्नुपर्ने, मेशिनसँगै चल्नुपर्ने, दिन र रातको मतलव छैन। दिनभरी काम गरी थकित मन लिएर कोठामा प्रवेश ग¥यो, दुई चार कप सोजु लगायो, देशको परिस्थिति सम्झियो, देश र नेतालाई गाली ग¥यो, सुत्यो उठ्यो यसरी नै बित्दोरहेछ मजदुरी जीवन परदेशमा, आज मैले मात्रै हैन लाखौं युवा युवतीले शिक्षण संस्थानबाट लिएका प्रमाणपत्रहरु एउटा झोलामा थन्क्याएर अर्को झोला बोक्दै २ छाक खाना र एउटा छानाका लागि देशलाई गाली गर्दै, ४०–५० डिग्रीको गर्मीमा र –१० देखि –२० डिग्रीसम्मको जाडोमा आर्कको गाली सहँदै पैसासँग जीवन साट्न भनौं वा लाशसँग रेमीट्यान्स साट्न बाध्य छन् परदेशमा।

यस्तो सम्भावना बोकेको सुन्दर नेपालको के दोष र गल्ती छ र ? सबैले आज देशलाई गाली गर्ने, देशको गल्ती कहिल्यै हुँदैन किनकी देशत एउटा बिम्व प्रतिक हो । गलत त सिस्टम चलाउने नेता र हामी आफै हौं । किनभने हामीले नै गलत व्यक्तिलाई अनुहार नै नचिन्ने गरी अबिर र गर्दनको डिस्क नै जानेगरी वा दुख्ने गरी खादा र फूलको माला लगाई सिंहदरबार पठाउँछौं । यसै सिलसिलामा मेशिनसँगै घुम्दै र चल्दै गर्दा शरीरलाई पनि आराम चाहिएछ क्यारे ! केही दिनदेखि अप्ठ्यारो महशुस भएकोले हस्पिटल जाँदा डक्टरको सल्लाह अनुसार भर्ना भई उपचार गर्न थालें । परदेशको ठाउँमा बिरामी भएर होला आफन्तहरुको सम्झना धेरै आयो र सबैलाई सम्पर्क गरें । तर मेरो रोगको पीर भन्दा देशकै पीर गर्दै नेताहरुले देश बर्बाद बनायो, नेपालमा केही छैन, आदि ईत्यादी भनिराख्दा मेरो भौतिक शरीर बिस्तारामा पल्टिरहे पनि मनमा अनेक थरीका कुराहरु सोँच्न थाले र मन चुँडिएर देशको परिस्थितीलाई सम्झिँदा मलाई बुद्धको चार आर्य सत्यसँग देशको परिस्थिती दाँजेर आफ्नै तरिकाले मनका भावनाहरु कोर्न थालेँ।

बुद्धका चार आर्य सत्यहरु:–
१. संसारमा दुःख छ ।
२. दुःखको कारण छ ।
३. दुःखलाई हटाउन सकिन्छ ।
४. दुःखलाई हटाउने उपाय छ ।

१. बुद्ध भन्नुहुन्छ, ‘संसारमा दुःख छ तर हाम्रो दुःख भनेको शासकहरुको बेहोशी र अज्ञान्त हो।’ परमात्माले यति सुन्दर देश र परिश्रमी जनता दिएर पनि हाम्रा शासकहरुको बेहोशीले गर्दा आज गरिब मुलुकको दर्जामा दर्ता भई गरिब र दुःखी भएका छौं । जसको र्फाइदा संसारले लिईरहेको छ । राणा कालको शासक र अहिलेको शासकहरुमा केही फरक देखिएन ।यीनिहरु फरक बोटलमा भएका एकै ब्राण्डका मधिरा जस्तै हुन् । राणा कालका शासकले रोयल्टी खानाा हजारौं जनालाई ग्रेट ब्रिटेनको रक्षाका लागि मर्न र मार्न पठाएका थिए । भने अहिलेका शासकहरुले रेमीट्यान्स खान श्रमिक सप्लाई गरी यीनै शासकहरुको अज्ञानता र बेहोशीले गर्दा हामी नेपालीहरुले दुुःख पाएका छौं।

२. दुःखका कारण छन्, बुद्ध भन्नुहुन्छ, ‘बिना कारण दुःख हुँदैन, दुःखको कारण थहा पाउन सकियो भने यसलाई उन्मुलखन गर्न सकिन्छ ।’ त्यसकारण हाम्रो देशको दुःखको कारण भनेको फोहोरी राजनीतिक अस्थिरता हो । फोहोरी राजनीतिले गर्दा नै, देश बर्बाद भएको हो । हाम्रो नेताहरुले सुरुदेखि नै छलकपट र अपराध मिस्सिएको दिशाहीन राजनीति मात्रै गरे, जहिले पनि हल्लिएको दाँत र काटिएको पखेटा जस्तै भरै नहुने कुरा गरी जनतालाई झुक्काए ।सत्ता पाए जंगै उज्यालो र सत्ता नपाए ब्रहमाण्डै अध्याँरो ठान्ने नेताहरु कहिले सत्ता पल्टाउने, कहिले बनाउने र लाज पचेका आफ्नै पार्टी भित्र अन्तरघात गर्ने आफ्नै पार्टीको प्रधानमन्त्री भएर नहुने, आँफै हुनुपर्ने आदि यस्तै खेलमा अल्झिरहेछ । आश्चर्य लाग्दो के छ भने, यो देश सार्वभौमसत्ता (राष्ट्रको भित्री र बाहिरी बिषयको कार्य सम्पन्न गर्ने बैधानिक सामथ्र्ययुक्त शक्ति) भएर पनि राणाकालदेखि नै आजसम्म पनि दिल्लीमै सम्झौता गर्नुपर्ने, गजब छ बा ! अचम्मै छ ! आची गर्नेर्लाइ भन्दा देख्नेलाई लाज भईसक्यो ।जहिले पनि सहमतिको गीत गाउँदै समयको ख्याल नै नगरी संविधान बनाउने निहुँमा देवीको भाकाल पेटको पूजा भनेजस्तै रिसोर्ट र होटलमा चिकन चिल्ली र हुस्की खाँदै बिना निस्कर्षको बैठक बस्छन्, अचम्मै छ । देशको ढुकुटी रित्याउँदै खानेबेलामा यीनिहरुको मुख एउटै हुन्छ । हिजो प्राडो, पजेरो खाए, संविधानको म्याद थप्ने बेलामा पनि यिनीहरुको मुख एउटै भएर खाए । अझै के–के बेचेर खाने हुन ? यीनिहरुले गर्दा नै देश बर्बाद भएको हो । पहिला राजाको स्वर्गिय भएपछि काट्टो खाने पण्डितलाई हात्ती चढाएर थानकोटबाट लखेटेजस्तै यिनीहरुलाई पनि संघिय संरचना सहितको संविधान नबनाए गधामाथि चढाएर जुत्ताको माला लगाएर नेपालबाटै लखेट्नुपर्दछ।

३. दुःखलाई हटाउन सकिन्छ, बुद्धले दुःखको चर्चा मात्रे गरेको छैन । त्यसको कारण खोतल्दै निरोधको मार्ग पनि औंल्याएको छ । उहाँको उपदेश र बिचार आशै–आशले भरिपूर्ण भएजस्तै हामी निराशा नभई आशा गरौं । नयाँ नेपालमा हिजोको जस्तै पटक–पटक संविधान बनाउन नपर्ने गरी जनताको आकांक्षलाई समेट्ने, जाती, भाषा, धार्मिक सहिसष्णुता र सद्भाव नविग्रीने संघिय संरचना सहितको विश्वकै उत्कृष्ट संविधान बन्नेछ र गरिबका छोराछोरी पनि भोलि राष्ट्र प्रमुख हुन पाउने राष्ट्रपतीय प्रणालीबाट आम जनताको प्रत्यक्ष निर्वाचनले समय र सत्यलाई बुझ्ने र पुरै राष्ट्रले सम्मान गर्ने मण्डेला जस्तै राष्ट्रपतीको खोजि गर्न सक्यौं भने यो देशको दुःखलाई हटाउन सकिन्छ।

४. दुःखलाई हटाउन उपाय छ, यो देशको दुःखलाई हटाउने वा समृद्ध बनाउने उपाय भनेको पर्यटन विकास नै हो । किनभने हाम्रो देश भनेको पर्यटकको निम्ति सृर्जना भएको गन्तव्य स्थल हो । हाम्रो जस्तो सांस्कृति र प्रकृति भएको देश संसारमा सायदै होला ? दुनियाँलाई आकार्षित गर्न सक्ने हिमाल, हिमताल, शहासीक युवाहरुको खेलकुदको लागि प्याराग्लाईडिङ्, र्याफ्टिङ, बन्जीजम्प, जङ्गल सफारी यहिँ छन् । धार्मिक पर्यटनको लागि हिन्दुहरुको पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर, विश्वलाई शान्ति, अहिंसामैत्री तथा सद्भाव, न्याय, स्वतन्त्र आदि सन्देश दिने शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी आदि यहिँ भएको कारण प्रचार प्रसार मात्रै गर्न सक्यौं भने देशमा ठूलो परिवर्तन हुनेछ । आज संसारमा मानिसको ईच्छा र चाहानको कुनै सिमा छैन । धनी मानिसले ठूलो धनराशी खर्च गरेर अन्तरिक्षको यात्रा पनि गर्ने रहर भएको हुनाले त्यस्तौ धनाड्यहरुलाई नेपालमा पनि जीवनमा एकपटक घुम्नै पर्ने ठाउँहरु छन भनेर प्रचार प्रसार गर्न सक्नुपर्दछ । अझै भन्ने हो भने बिशेषगरी धर्ममा आस्था राख्ने व्यक्तिहरु जतिसुकै रोगी, बुढाबुढी, अशक्त भए पनि धर्मको लागि ज्यान फालेर आउने भएकाले यीनिहरुलाई बिशेष ध्यान दिनुपर्दछ । जस्तै उदाहरणको लागि मक्का मदिनामा बर्षैपिच्छे भक्तजन मरेको खबर सुन्छौं । र पनि लखौं भक्तजनको ओईरो लागेको छ । त्यसैले अबको नयाँ नेपालको नयाँ कानुन्ले पर्यटनका लागि अन्तर्राष्ट्रिय हवाई सम्पर्क, विमानस्थल आन्तरिक यातायातको विकास गरी सुरक्षाको प्रत्याभूति दिलाउन सके यो देशको समृद्धि छिट्टै हुने छ र यो देशको दरिद्रतालाई हटाउन सक्छौं।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

3600